चार नारायण मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा
इन्द्र रिजाल
चैत २०, २०७५ बुधबार १९:२४:३०
काठमाडौं । पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । तीन तले उक्त मन्दिरको तल्ला दुई तलाको काम सम्पन्न भइसकेको छ ।
माथिल्लो तलाको काम अन्तिम चरणमा पुगेको र गजुरको काम भइरहेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
विसं २०७२ को भूकम्पमा उक्त मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यसको एक वर्षपछि पाटन दरबार क्षेत्रमा रहेका अरु स्मारकसँगै यस मन्दिरको पुनःनिर्माण शुरु गरिएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । मन्दिर आगामी पाँच÷छ महीनाभित्रमा सम्पन्न हुने उनले बताए ।
दुई तले सो मन्दिरको पुनःनिर्माणमा अधिकांश सामग्री पुरानो नै प्रयोग भइरहेको उनले बताए । भूकम्पका कारण यो मन्दिर पूर्णरुपले क्षतिग्रस्त बनेको थियो । उनले भने, “काम धमाधम भइरहेकाले एक वर्षभन्दा कम समय लाग्ने हामीले अनुमान गरेका छौँ ।”
काठमाडौँ उपत्यका संरक्षण कोष ९केभिपिटी० ले यहाँका १२ स्मारकको पुनःनिर्माण गरिरहेकामा हरिशङ्कर मन्दिर पनि एक हो । कोषले यसअघि नौ स्मारक सम्पन्न गरिसकेको छ भने सो मन्दिर र हरिशङ्कर मन्दिर निर्माणको काम भइरहेको प्याकुरेलले बताए ।
हिन्दू धर्ममा नारायण भन्नाले विष्णुको स्वरुप मानिन्छ । उक्त मन्दिर पाटनमा रहेका मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिर भएको स्थानीय बताउँछन् ।
मन्दिरलाई जगन्नारायण समेत भन्ने गरिन्छ । इँटैइँटाले बनेको सो मन्दिर कलाका हिसाबले सुन्दर मन्दिर भएको प्याकुरेलले बताए । उक्त मन्दिर १६ औँ सताब्दीको अन्तिममा बनेको पाइन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिःशुल्क सीपमूलक तालिमका लागि ४३ हजार ५८ जनाको आवेदन
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
वैवाहिक बलात्कार आरोपी गायक रवि ओड धरौटीमा रिहा
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार