हेटौँडा उपमहानगरको आन्तरिक आय १५ प्रतिशतले वृद्धि
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार १३:४८:४
हेटौँडा । प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशतले आन्तरिक आय वृद्धि गरेको पाइएको छ ।उपमहानगरपालिकाको चौथो नगरसभाका अवसरमा प्रस्तुत प्रतिवेदनमा आन्तरिक आयमा वृद्धि भएको पाइएको हो ।
उक्त वृद्धिदरलाई आधार मान्दा चालू आर्थिक वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाले आन्तरिक आयमा गत वर्षको सङ्कलनमा रु १० करोड थप गर्ने देखिएको छ ।
उपमहानगरले चालू आर्थिक वर्षको हालसम्म रु २२ करोड ६० लाख आम्दानी गर्न सफल भएको छ । आन्तरिक आयमा रु १० करोडले वृद्धि हुने अनुमान गरिएको उपप्रमुख मीना लामाले जानकारी दिए ।
उनका अनुसार आन्तरिक आयमा वृद्धिसँगै नगरको साविक बजेटमा वृद्धि भएर रु एक अर्ब ७७ करोड पुगेको छ । चालू वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाको आम्दानी रु एक अर्ब ८७ करोड हुने अनुमान गरिएको उपप्रमुख लामाले बताए ।
उक्त रकम चालू आवमा स्वीकृत भएको रकमभन्दा १५ प्रतिशत अर्थात् रु २४ करोड ६२ लाखले बढी हो । नदीजन्य पदार्थ, विज्ञापनकर, पूर्वाधार मर्मतसम्भार, सार्वजनिक शौचालय, सिमेन्ट निकासी करलगायतका क्षेत्रबाट बढी राजश्व सङ्कलन भएको छ ।
चालू आवको हालसम्म भौतिक पूर्वाधारका ३८९ योजना सम्झौता भएर सञ्चालनमा आएका छन् । ती मध्ये २०५ योजना सम्पन्न भइसकेका छन् भने १८४ योजना निर्माणाधीन अवस्थामा रहेको उपप्रमुख लामाको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार