सनराइज बैंकले निकाल्यो बालबालिकाका चित्र अंकित क्यालेन्डर
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार २२:४५:१६
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँवर्ष २०७६ सालको क्यालेन्डरको विमोचन गरेको छ । बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक समारोहमा विमोचित उक्त क्यालेण्डरमा अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरी पृष्ठमा १ वर्षभित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाका चित्रहरूलाई समावेश गरिएको छ ।
स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारिताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको बैंकको भनाई छ ।
उक्त विमोचन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड, शारदा शर्मा पुडासैनी, दीपक नेपाल, ओमकृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरिएको थियोे ।
सो अवसरमा बालबालिका तथा निजका अभिभावकहरूले बैंकको यस्तो फरक सोच तथा कार्यले स–साना बालबालिकालाई थप प्रोत्साहित तथा प्ररेणा मिल्ने विचार व्यक्त गर्दै बैंकलाई धन्यबाद दिएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार