आज सन्दिप लामिछाने बिरुद्ध मुद्धाको अन्तिम सुनवाई हुदैँ
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार ११:२:३८
२२ चैत, काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछाने विरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीले अनुरोधमा पेशी स्थगित गरिएको थियो ।
गत ५ भदौमा राति सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध एक किशोरीले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका अनुसार पत्राउ परेका लामिछाने रिहा भए पछि पछिल्लो समयमा भने किशोरीको जाहेरी बिबादास्पद हुदैँ गएको छ । मुख्यतः उनी नाबालिग हो कि होइन भन्ने बिषयमा अहिले चर्चा परिचर्चा हुन थालेको हो ।
यसअघि कडा सर्त राखेर उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट टुंग्याउन आदेश दिए पछि जिल्ला अदालतले आज पेशी तोकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठोरी आसपासमा आतंक मच्याउने बाघलाई नियन्त्रणमा लिन सेना सफल
चैत २२, २०७९ बुधबार
मन्त्री नियन्त्रित कार्यविधिमा डराए प्रधानमन्त्री, औचित्यहीन निर्देशन
चैत २१, २०७९ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार