बलिउड फिल्म ‘आदिपुरुष’ पुनः समस्यामा
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १२:१५:४
२२ चैत, मुम्बई। बलिउड फिल्म ‘आदिपुरुष’ पुनः समस्यामा फँसेको छ । हालैमात्र फिल्मको नयाँ पोस्टर रिलिज भएको थियो, जुन पोस्टरलाई लिएर विवाद सुरु भएको हो ।
फिल्मका निर्देशक ओम राउत, निर्माता भुषण कुमार र कलाकारविरुद्ध मुम्बईको साकीनाका पुलिस स्टेसनमा उजुरी परेको छ । यो उजुरी सञ्जय दीनानाथ तिवारीले दिएका हुन् । जो आफूलाई सनातन धर्मको प्रचारक मान्छन् । उजुरीमा फिल्मको पोस्टरले हिन्दु धर्मको भावनामाथि ठेस पु¥याएको आरोप लगाइएको छ ।
फिल्मको नयाँ पोस्टरविरुद्ध मुम्बई उच्च अदालतका अधिवक्ता आशीष राय र पंकज मिश्राको माध्यमबाट सञ्जयले उजुरी दर्ता गराएका हुन् । ‘फिल्मका निर्माताले हिन्दी धर्मग्रन्थ रामचरितमानसको पात्रलाई अनुचित किसिमले देखाएका छन् ।
फिल्मको नयाँ पोस्टरले हिन्दु धर्म समाजको धार्मिक भावनामाथि आहत गरेको छ । यसकारण भारतीय दण्ड संहिताको धारा २९५९ए०, २९८, ५००, ३४ का अनुसार एफआईआर गर्न माग गर्दै यो उजुरी दिइएको छ’, उजुरीमा लेखिएको छ । फिल्म हिन्दु धर्मको पवित्र ग्रन्थ रामचरितमानसबाट प्रभावित भएर बनाइए पनि पोस्टरमा पुरुष कलाकारले जनै नलगाएकोमा उजुरीकर्ताको विरोध छ ।
त्यस्तै फिल्मको पोस्टरमा अभिनेता कृति सेननलाई सीताको रुपमा प्रस्तुत गरे पनि उनलाई अविवाहित महिलाजस्तै बिना सिन्दुरमा देखाइएको आरोप छ । उजुरीकर्ताले फिल्मको पोस्टरले सनातन धर्मको अपमान गरेकाले यसले भविष्यमा भारतका विभिन्न राज्यको नीति तथा कानूनका लागि खतरा हुनसक्ने चेतावनी दिएका छन् । हालै सार्वजनिक पोस्टरमा प्रभास, कृति सेनन, सनी सिंह र देवदत्तलाई देखाइएको छ । यद्यपि पोस्टरले फ्यानलाई खासै प्रभावित गर्न सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा
बैशाख ३०, २०८१ आइतबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
सलमान खानको फिल्म सिकन्दरमा रश्मिकाको एन्ट्री
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार