चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम राख्ने निर्वाचन कार्यालयको निर्णय
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १७:३:३२
२२ चैत, चितवन । चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम रहने निर्णय मुख्य निर्वाचन अधिकृत कार्यालयले गरेको छ ।
लामिछानेको उम्मेदवार बदरको माग गर्दै सोमबार परेको ३ वटा उजुरीमाथि लामिछानेबाट पेस भएको लिखित स्पष्टीकरणमाथि अध्ययनपछि मंगलबार सो निर्णय गरेको हो ।
उजुरीमाथि छानबिन गर्दा उम्मेदवारी बदर गर्नुपर्ने नदेखिएकाे जनाउँदै कार्यालयले बुधबार यस्ताे निर्णय गरेकाे हाे ।
राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरी सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार उजुरी दर्ता गराएका थिए ।
सिन्धुलीका युवराज पाैडेलकाे उजुरीमाथि भने कार्यालयले ७ दिने स्पष्टीकरण साेधेकाे जनाइएकाे छ । लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई गत माघ १५ गते पुन: नेपाली नागरिकता लिएकाे पाैडेलकाे जिकिर छ ।
चितवन २, बारा २ र तनहुँ १ मा आउँदाे वैशाख १० मा उपनिर्वाचन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार