सम्भावना बोकेका कलाकार प्रकाश भुजेल ‘बिहे पास’ बाट आशाबादी
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १०:३२:५६
२४ चैत, काठमाडौं । ओस्कार कलेज अफ फिल्म स्टडिजबाट अभिनय बिधामा ग्राजुएसन गरेका प्रकाश भुजेल अभिनित चलचित्र ‘बिहे पास’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। ५० भन्दा बढी सर्ट फिल्महरुमा अभिनय गरेर खारिएका कुसल र इमान्दार कलाकार भुजेलले अभिनय गरेको चलचित्र ‘बृस्मित’ दर्जन बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्सन भइसकेको छ ।
उनले गाँजा बाजा, गल्छेडो , चिनी कम रङ कडा , लाल पुर्जा आदि चलचित्रहरुमा कुशल अभिनय गरेर प्रसंशा बटुलीसकेका छन । टेलिभिजनमा आउने विभिन्न बिज्ञापनहरुमा समेत अभिनय गरिसकेका प्रकाश भुजेलले ‘बिहे पास’ मा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।
प्रबेश पौडेल निर्देशीत चलचित्र ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । चलचित्रको प्रचार प्रसारमा आफ्नो तर्फबाट सक्दो प्रयास गरि रहेको भुजेलले बताए। सिनेमा घरमा गएर दर्शकले मनोरंजन गर्ने भएकोले चलचित्र ‘बिहे पास’ दर्शकको मनमा बस्न सक्ने उनले बताए।
चलचित्र ‘बिहे पास’ को प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको चलचित्रको पटकथा भने आकाश र सजनले लेखेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार