खसी चोरीकाे आराेपमा एमाले कार्यकर्ता पक्राउ
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १३:१:४७
२४ चैत, काभ्रे । प्रहरीले नेकपा (एमाले)का ३ जना कार्यकर्तालाई खसी चोरीको आरोपमा पक्राउ गरेको छ । उनीहरुलाई अरनिको राजमार्गअन्तर्गत भक्तपुरबाट यही चैत १६ गते राति पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेको हिकुवापाटीबाट मध्येरातमा खसी चोरी ट्याक्सीमा राखेर भक्तपुरतर्फ ल्याउँदै गर्दा एउटा खसीसहित पक्राउ गरिएको हो । उनीहरुलाई हाल तत्काल पक्राउ गरी बनेपास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । कार्यालयको नेतृत्वका रेशम बोहराले गरिरहेका छन् ।
घटनामा संलग्न ४ जनामध्ये ३ जनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–७ पुँडीका साइला भनिने मिलन तामाङ र सोही गाउँपालिका वडा नं. ४ टेक्सिङका साइला भनिने सुमन तामाङ तथा रामेछापकै दिलबहादुर कार्की रहेको जनाइएको छ । सुमन चोरीका खसी बोक्न प्रयोग गरिएका ट्याक्सी चालक रहेकाे र मिलन चोरीमा खटिने व्यक्ति भएको खुलेको प्रहरीले जनाएको छ । साथै चाेरीमा प्रयाेग गरिएका बा २ ज ४३२७ नम्बरको ट्याक्सी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्की भने सूर्यविनायक बजारका मासु पसले हुन् । उनले चोरी गरी ल्याइएका खसी बोका खरिद गरी मासु बिक्री गर्दै आएको खुलेको छ । उनीहरुविरुद्ध भक्तपुरको काँक्रोबारी, काभ्रेको हिकुवापाटी, नमोबुद्ध लगायत क्षेत्रका स्थानीयबाट खसी र बोका चोरी गरेको उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । खसी चाेरी काठमाडाैंतर्फ लगिरहेकाे सूचनाका आधारमा उनीहरूलाई भक्तपुर प्रहरीले पक्राउ गरेकाे जनाइएकाे छ ।
उनीहरुले अहिलेसम्म २५ भन्दा बढी संख्यामा खसी र ६ वटाभन्दा बढी बोका चोरी गरेको उजुरी परेको जनाइएको छ । चोरीमा संलग्न सोही गाउँपालिका–४ का एक युवक भने फरार रहेको बताइएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मिलन स्थानीय चुनावमा सोही गाउँपालिकामा एमाले उम्मेदवार टंकप्रसाद चौलागाईँ र संघ तथा प्रदेश चुनावमा संघीय सांसद उम्मेदवाकैशाल ढुंगेल र प्रदेश उम्मेदवार मिलन घिसिङका कोर टिममा बसेर खटिएका विश्वासिला कार्यकर्ता हुन् । उनी एमालेनिकट ठेकेदार लखनपुरका रत्न गौतमका सहयोगी समेत रहेको बुझिएको छ । उनी एमालेका सोही गाउँपालिका सदस्य हुन् ।
सुमन स्थानीय चुनावका बेला वडा ४ मा एमालेबाट सदस्य उम्मेदवार बनेका औतार सिं तामाङका सहयोगी बनेर खटिएको खुलेको छ । चुनावमा उनले भाडा लिएर खसी चोरीकाे आराेपमा आफ्नाे माेटरसाइकलमा राखेर प्रचारप्रसार स्थानमा पुर्याउने काम गरेका थिए । चुनावपछि उनी ट्याक्सी निकालेर चलाउँदै आइरहेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार