जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्छ : प्रमुख सचेतक जन्मजय तिमिल्सिना
नेपालबहस संवाददाता
चैत २४, २०७९ शुक्रबार १८:४२:३
२४ चैत, बर्दिया । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य जन्मजय तिमल्सिनाले अग्रजलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन् । एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक तिमल्सिनाले आफूले अरूको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने बताए।
जिल्लाको मधुवन नगरपालिका वडा न. ८ द्वारा आयोजित ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूलाई सहायक सामग्री वितरण कार्यक्रममा प्रमुखअतिथि रहेका सांसद तिमल्सिनाले सबै मानिस बालकबाट युवा हुँदै जेष्ठ अवस्थामा आइ पुग्ने भएकाले जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताए ।
बढ्दो वैदेशिक रोजगार र पारिवारिक हेयले गर्दा जेष्ठ नागरिकको स्थिति दिनप्रतिदिन दर्दनाक बन्दै गइरहेकोले यसतर्फ पनि सबैले ध्यान दिनुपर्ने उनले बताए । जिल्लामै पहिलो पटक वडाले जेष्ठ नागरिकको सम्मानमा गरेको सहायता सामग्री वितरण राम्रो कामको सुरुवात भएको भन्दै वडाअध्यक्ष गुरुङलाई धन्यवाद दिँदै जनप्रतिनिधि र कर्मचारी जेष्ठ नागरिक प्रति जिम्मेवार हुन आवश्यक रहेको बताए ।
वडाअध्यक्ष मेक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि मधुवन नगर प्रमुख तेज बहादुर भाट, विशेष अतिथि मधुवन नगर उपप्रमुख अनिता चौधरी रहेकी थिइन । कार्यक्रममा वडाका विपन्न, जेष्ठ तथा असक्त वृद्धवृद्धाहरुकाे स्वास्थ्यलाई ध्यानमा राखि छाता, लठ्ठी र झुल वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार