फरार थुनुवामध्ये दुई जना अझै पक्राउ परेनन्
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १५:२७:५३
२६ चैत, काठमाडौं । मधेश प्रदेशमा प्रहरीको नियन्त्रणमा रहेका बेला फरार भएका दुई थुनुवा अझै पक्राउ पर्न सकेका छैनन् ।
३ महिनामा मात्रै धनुषा र महोत्तरीबाट गरी हिरासतका थुनुवा फरार घटना ३ पटक भइसकेका छन् । तीन घटनामा ८ जना थुनुवा फरार भएका थिए । जसमध्ये ६ जनालाई प्रहरीले पुनः पक्राउ गरिसकेको छ । अन्य २ जना भने अझै फरार छन् ।
गत माघ १६ गते राति धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोडेर फरार भएका ६ जना अभियुक्तमध्ये पाँच जनालाई प्रहरीले पक्राउ परेपनि २५ वर्षीय रोशन यादव अझै पक्राउ परेका छैनन् ।
फरार थुनुवाबारे अनुसन्धान नजिक पुगेपनि पटक–पटक ठाउँ परिर्वतन गर्दै आएका कारण पक्राउ पर्न नसकेको धनुषाका एसपी विश्वराज खड्काको भनाइ छ ।
यस्तै, मोहत्तरीमा उपचारका लागि अस्पतालबाट अर्का थुनुवा शुक्रबार फरार भएका लोहरपट्टी नगरपालिका–९ खुट्टापिपराढीका कृष्णा यादवलाई पक्राउ गर्न सकेका छैनन् ।
कर्तव्य ज्यान कसुरका अभियुक्त यादव जनकपुरधामको आर्या हस्पिटलको शौचालयको झ्याल फोडेर फरार भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार