‘तोसिमा कार्की गोविन्दकी मान्छे हुन, मलाई बनाउने कुरा छ’
नेपालबहस संवाददाता
चैत २६, २०७९ आइतबार १७:३९:१२
२६ चैत, काठमाडौं । यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको दिन माघ १ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि साढे दुई करोड मागेको अडियो रेकर्ड अहिले सञ्चार माध्याममा भाइरल भएको छ । उनले मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेले रकम मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग स्वरुप दुई करोड माग्दै मन्त्री भएपनि त्यसबापतको काम गरिदिने बताए का छन् ।
जहाँ श्रेष्ठले पार्टीले साढे २ करोड मागेको तर २ करोडमा मान्ने सम्भावना रहेको कुरा पन्नि उल्लेख छ । उनले मन्त्री बन्नुअघि १ करोड रुपैयाँ बुझाए पनि हुने र बाँकी चेक दिए हुने भनेका छन् । श्रेष्ठले रविले उधारो नहुने नगद नै चाहिने भन्दै नगद चाहिँने भनका छन् । अडियो बाहिरिएसँगै रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको छ । रास्वपाले पार्टी हितविपरीत काम गरेको निष्कर्ष निकाल्दै सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही पत्र संसद सचिवालयलाई पठाएको छ ।
अडियोमा सांसद श्रेष्ठ र व्यवसायी प्रसाईंबीच पैसा लेनदेनका लागि कुराकानी भएको छ । प्रसाईंसँगको फोन संवादमा सांसद श्रेष्ठले आफूसहित केही कोर टिमका मानिसलाई अढाइ करोड बुझाउनुपर्ने भएकाले सहयोग गर्न आग्रह गर्न भनेका छन् । प्रसाईंले पनि आफूले २ करोड दिने बताएको संवाद प्रष्ट सुनिन्छ । प्रसाईंले आफू गोविन्द केसीभन्दा बढी स्वास्थ्य क्षेत्रमा भिडेको बताएका छन् । उनले श्रेष्ठलाई आइडिया पनि दिने बताएका छन् ।
माघ १ गते रेकर्डभएको यो अडियोमा २ करोडको ग्यारेन्टी गर्दै सांसद श्रेष्ठलाई प्रसाईंले भनेका छन्, ’तपाईं अगाडि बढ्नुस् । तर, २ करोड दिएपछि तोसिमा कार्कीले लडाइँ त गर्दिनन् नि तपाईंसँग भनेर प्रश्न गरेका छन् प्रसाईंले । प्रसाईंले सांसद श्रेष्ठलाई भनेका छन्, ‘तोसिमाले पैसाका बारेमा कुरा पनि गर्न सक्दिनन् । उनले आफूलाई गोविन्द केसीको मानिस भनेकी छन् । उनले कहीँकतै कुरै गर्न मिल्दैन ।’ श्रेष्ठले पनि जवाफ दिएका छन्, ‘तिनी मन्त्री भए पनि काम छैन ।’
सांसद श्रेष्ठ र प्रसाईंबीचको अडियो संवाद
दुर्गा प्रसाईं: खासमा कुरा के हो डाक्टर सा’प, मलाई भन्नु त ?
ढाकाप्रसाद श्रेष्ठ: स्वास्थ्य हामीले पाउने भयौँ । कोर टिम छ । पार्टीलाई अलिकति सहयोग गर भनेका छन् । मेरो पक्का भयो । मैले आज फिक्स पनि गर्नु छ । म आर्थिकमा साह्रै छैन । मन्त्री पनि बन्नुपर्यो । स्वास्थ्य क्षेत्र सुधार पनि गर्नुपर्छयो । यसमा तपाईंहरूको सहयोग चाहिन्छ ।
प्रसाईं:- क्यास अढाइ करोडको कुरा । दुई करोड ?
प्रसाईं: मैले तपाईंलाई एउटा कुरा बुझ्न खोजेको रास्वपामा डाक्टर भनेको तोसिमा कार्की मात्र हुन् भन्ने थियो । कति जना डाक्टर हुनुहुन्छ । तपाईंको घर कता हो ?
ढकाकाकुरमारु श्रेष्ठः पोखरा
प्रसाईं:– ढाकाकुमार श्रेष्ठ, आच्छा ! मैले त्यो कुरो बुझेँ । सल्लाह गरेर अघि बढौंला । अनि फेरि तपाईंसँग एउटा कुरा भन्न खोजेको । हामी त ह्वाट्सएपमा छौं केही मतलब भएन । अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ।
ढाका :– स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यति थाहा छैन सर यो । आन्तरिक कुरा हो । मुकुलजी पनि कोर टीममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुईतीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टीमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।
श्रेष्ठ :– दुई, साढे दुई भनेका छन् । मैले अहिले १ दिए भनेपनि मान्छन् होला । पछि चेक दिए पनि मान्छन् दुई तीन दिनको ।
प्रसाईं:– फेरि आज बन्द छ नि त ! आज बन्द छ । फेरि ९ लाख ९९ हजारभन्दा माथिको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर म दिन्छु । तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।
श्रेष्ठ:– हैन, त्यो त म गर्छु । मलाई त यो दिक्क लाग्छ गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो लाग्छ मलाई त। पुरै जेनेरेसन पढ्न नपाएको पनि तिनले गर्दा हो ।
प्रसाईं:– मैले मेरो छोरीलाई जापान पठाउनुप¥यो त्यो टोकियो युनिभर्सिटीमा ३ करोड तिरेर एमडी गर्नलाई । यहाँ आफ्नोमा छ रेडिएसन अंकोलोजी, पढाउन पाइनँ भैले ।
श्रेष्ठ: – त्यै त यो सबै बेथिति छ ।
प्रसाईं :– मेरो त हेर्नुस् न म त कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा । ल भन्नुस् त ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नुस् त ? म त मर्न मात्रै बाँकी छ।
श्रेष्ठ :- म भएँ, तोसिमा हुनुभयो र चन्दा कार्की ।
प्रसाईं : ए ए साँच्चै, चन्दा म्याम पनि हुनुहुन्छ ।
श्रेष्ठः चन्दा म्यामलाई तपाईंले पनि चिन्नुहुन्छ ।
प्रसाईं: डाक्टर सा’पको घर कता हो ?
श्रेष्ठः पोखरा हो ।
प्रसाईं: ए ए, कता पढ्नुभएको हो ?
श्रेष्ठः चाइना पढेको, दाआल युनिभर्सिटी
प्रसाईं: एमडी ?
श्रेष्ठः एमडी गरेको छैन । एमएस मात्र हो । एमडी पढ्ने भन्दाभन्दै पोलिटिक्समा आएँ ।
प्रसाईं: अब हेर्नुहोस् है, धेरै ठूलो समस्या छ स्वास्थ्यमा । नर्सिङ कलेज बन्द गरे । चेलिबेटी नर्स पढ्न पाउँदैनन् । मैले जहिले पनि भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलिबेटीहरूले डान्स गर्नुभन्दा नर्स पठाऊँ । डाक्टर उत्पादन गरौँ । सयवटा मेडिकल कलेज खोलौँ । कति राम्रो कुरा गरेको छु मैले । हस्पिटल खोलौँ । हस्पिटल फ्री गरौँ । कति राम्रो कुरा गरेको मैले । डाक्टर सा’पको नाम ढाकाबहादुर के हो ?
श्रेष्ठः स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यत्ति थाहा छैन । आन्तरिक कुरा हो । उहाँ कोर टिममा हुनुहुन्न । महामन्त्री नै हो । तपाईंलाई आन्तरिक कुरा गर्नुपर्दा हो । दुई–तीन जना छुट्टै हुनुहुन्छ । पार्टीलाई छुट्टै सहयोग गर्ने, रविजीलाई पहिलादेखि नै सहयोग गर्ने । त्यो टिमबाट मलाई पु¥याएको । आज मैले फिक्स गर्नुपर्छ । उधारो हुन्न भन्छन् फेरि ।
दुर्गा प्रसाईं: खासमा कुरा के हो डाक्टर सा’प, मलाई भन्नु त ?
ढाकाप्रसाद श्रेष्ठः स्वास्थ्य हामीले पाउने भयौँ । कोर टिम छ । पार्टीलाई अलिकति सहयोग गर भनेका छन् । मेरो पक्का भयो । मैले आज फिक्स पनि गर्नु छ । म आर्थिकमा साह्रै छैन । मन्त्री पनि बन्नुप¥यो । स्वास्थ्य क्षेत्र सुधार पनि गर्नुप¥यो । यसमा तपाईंहरूको सहयोग चाहिन्छ ।
प्रसाईं: मैले तपाईंलाई एउटा कुरा बुझ्न खोजेको रास्वपामा डाक्टर भनेको तोसिमा कार्की मात्र हुन् भन्ने थियो । कति जना डाक्टर हुनुहुन्छ । तपाईंको घर कता हो ?
श्रेष्ठ: म भएँ, तोसिमा हुनुभयो र चन्दा कार्की ।
प्रसाईं: ए ए साँच्चै, चन्दा म्याम पनि हुनुहुन्छ ।
श्रेष्ठः चन्दा म्यामलाई तपाईंले पनि चिन्नुहुन्छ ।
प्रसाईं: डाक्टर सा’पको घर कता हो ?
श्रेष्ठः पोखरा हो ।
प्रसाईं: ए ए, कता पढ्नुभएको हो ?
श्रेष्ठः चाइना पढेको, दाआल युनिभर्सिटी
प्रसाईं: एमडी ?
श्रेष्ठः एमडी गरेको छैन । एमएस मात्र हो । एमडी पढ्ने भन्दाभन्दै पोलिटिक्समा आएँ ।
प्रसाईं: अब हेर्नुहोस् है, धेरै ठूलो समस्या छ स्वास्थ्यमा । नर्सिङ कलेज बन्द गरे । चेलिबेटी नर्स पढ्न पाउँदैनन् । मैले जहिले पनि भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलिबेटीहरूले डान्स गर्नुभन्दा नर्स पठाऊँ । डाक्टर उत्पादन गरौँ । सयवटा मेडिकल कलेज खोलौँ । कति राम्रो कुरा गरेको छु मैले । हस्पिटल खोलौँ । हस्पिटल फ्री गरौँ । कति राम्रो कुरा गरेको मैले । डाक्टर सा’पको नाम ढाकाबहादुर के हो ?
श्रेष्ठः ढाकाकुमार श्रेष्ठ
प्रसाईंः अच्छा, मैले त्यो कुरा बुझेँ । सल्लाह गरेर अगाडि बढौँला । मैले एउटा कुरा भन्न खोजेको । ह्वाट्सएपमा छौँ, मतलब भएन । मुकुलहरूले त स्वास्थ्य र शिक्षा नलिने भन्थे त ?
श्रेष्ठः स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यत्ति थाहा छैन । आन्तरिक कुरा हो । उहाँ कोर टिममा हुनुहुन्न । महामन्त्री नै हो । तपाईंलाई आन्तरिक कुरा गर्नुपर्दा हो । दुई–तीन जना छुट्टै हुनुहुन्छ । पार्टीलाई छुट्टै सहयोग गर्ने, रविजीलाई पहिलादेखि नै सहयोग गर्ने । त्यो टिमबाट मलाई पु¥याएको । आज मैले फिक्स गर्नुपर्छ । उधारो हुन्न भन्छन् फेरि ।
प्रसाईंः क्यास अढाइ करोडको कुरो आयो, दुई करोड ?
श्रेष्ठः दुई साढे दुई भनेका छन् । आज एक दिएँ भने पनि मान्छन् होला ।
प्रसाईं: आज बन्द छ । सुन्नोस् है कुरा । बैंकबाट ९ लाख ९९ हजारभन्दा बढीको चेक साटिँदैन । सुन्नोस् कुरा । एक टाइम राखेमा म दिन्छु । तपाईंले भनिहाल्नुभयो, म सहयोग गर्छु । मलाई पनि सहयोग गर्नुपर्छ ।
श्रेष्ठः म गर्छु । मलाई त दिक्क लाग्छ । यो गोविन्द केसी देखेर कहिले मर्छजस्तो लाग्छ । एमबीबीएस पढ्न नपाएको उसकै कारण हो ।
प्रसाईंः मेरो छोरीलाई जापान टोकियो युनिभर्सिटी पढाउनुप¥यो । ३ करोड तिरेर एमडी गर्नलाई । आफ्नोमा रेडियोलोजी पढाउन पाइनँ ।
श्रेष्ठ: त्यही त । सबै बेथिति छ ।
प्रसाईंः म त मरेको छु । मेरो मेडिकल कलेज हेर्नु त ? सबै भौतिक पूर्वाधार पुगेको काठमाडौंबाहिर मेचीमा ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नु त म त मर्न मात्र बाँकी छु ।
श्रेष्ठः त्यही त यसलाई हटाउनुपर्छ । यो पनि समस्या समाधान गर्नुपर्छ ।
प्रसाईं ः शिक्षा कसले लिन्छ भाइ ?
श्रेष्ठ: यहाँ फोन आएको रहेछ । हजुर सर ।
प्रसाईंः शिक्षा कसले लिने भयो डाक्टर सा’प ? शिक्षा हामीलाई परेनजस्तो छ सर । शिक्षा हजुरबुबाले राख्यो होला । योपालि मलाई पनि एफिलेसन दिनुपर्नेछ हजुरबुबाले । काठमाडौं युनिभर्सिटीले तपाईंका एफिलेसन दिएको छ । सिट मात्र दिएको छैन । त्यो गिरी नारायणकाजीको मान्छे हो । पैसा उठाएर नारायणकाजीलाई दिने मान्छे हो । ल यसो गर्नुहोस् न त ।
श्रेष्ठः हजुर निश्चिन्त हुनुहोस् । मिलेर काम गर्नुपर्छ, तपाईं र म ।
प्रसाईं: एकछिन एकछिन । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ । म हजुरबुबासँगै काठमाडौं आउँछु । तपाईं र म भेटौँला । म गर्छु के । तपाईंले भनेको दुई म आएर गरौँला । अलिकति टाइम लाग्छ । पैसा मिलाएर निकाल्नुपर्छ । बैंकले पूरै सिस्टम खोज्छ । भ्वाक–भ्वाक बाकसमा पैसा लिएर गाह्रो छ । आजको आज नेपालमा कसैले पैसा दिन सक्दैन ।
श्रेष्ठः त्यही त समस्या छ त ।
प्रसाईं: हिजो पुस मसान्त, बैंकको ब्याज बुझाएँ ।
श्रेष्ठः तपाईंलाई पनि गाह्रो छ । विचरा ।
प्रसाईं: गाह्रो छ नि । हिजो पुस मसान्तमा ब्याज बुझाएँ । स्वास्थ्य बीमाको १५ करोड अढाइ वर्षदेखि दिएको छैन ।
श्रेष्ठः बीमा पनि १२ अर्बको लगानी हुँदोरहेछ । बीमा पनि सबैमा लागू गर्नुपर्छ ।
प्रसाईं: बीमा कसरी लागू गर्ने म भनिदिन्छु तपाईंलाई । तपाईं के कुरा ग्यारेन्टी गर्नुहोस् भने मैले २ करोड दिने भए तपाईंलाई । यो पैसा तपाईंले पनि भोलि–पर्सि रविलाई त दिने होला ?
श्रेष्ठः अँ मैले रवि सरलाई भन्दा पनि रवि सर देखापर्नुभएको छैन । बाहिरका दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीमा जान्छ भनेका छन् ।
प्रसाईं: यी सबै कमाउने त हुन् भाइ ।
श्रेष्ठः पार्टीमा जान्छ कि जाँदैन, मलाई थाहा छैन । मैले सोचेको छैन । पार्टी कमजोर छ । सुरुवाती छ भनेका छन् । साह्रै गाह्रो भएको छ भनेका छन् ।
प्रसाईं: ल सर म भोलिबेलुका नभए पर्सी आउँछु अनि दाजुभाइ भेटुँला नि त । तपाईंले ग्यारेन्टी गर्नुस् म दिन्छु भनेर । तर मलाई अलिकति टाइम चाहियो भन्नुस् ।
श्रेष्ठ : अँ हुन्छ । म त्यै कुरा गर्छु सर । हजुर भोलि आउनुहन्छ बेलुका ?
प्रसाईं: अँ म भोलि बेलुका । हजुरबुबा आउने भएर बस्नुप¥छ कि । अनि म भोलि आउँछु । है डक्टरसाप ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार