उपनिर्वाचन लक्षित प्रचारप्रसारलाई मर्यादित बनाऔँ : पूर्ण बस्नेत
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १०:५३:५०
२७ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचन लक्षित प्रचारप्रसारलाई मर्यादित बनाउन आग्रह गरेका छन् । उपनिर्वाचनको प्रचारप्रसार निर्वाचनसँग असम्बन्धित छिमेकी मुलुकप्रति समेत लक्षित हुन थालेपछि उनले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यानाकर्षण गराएका हुन् ।
चालु उपनिर्वाचनको दौरानमा विपक्षी दलका उम्मेदवार र उनका कार्यकर्ताहरुले हाम्रो पार्टी र उम्मेदवारविरुद्ध भ्रमपूर्ण, अमर्यादित र अराजनीतिक टिका टिप्पणी गर्ने गरेको देखियो । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले हाम्रो पार्टीका नेताको नक्कली आइडी बनाएर मित्र राष्ट्रलाई समेत घोचपेच गर्ने र चिढ्याउने प्रचार सामग्री प्रशारण गर्न थालेको पाइयो । यस्ता कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । मित्र राष्ट्रप्रति हामी सदैव उच्च सम्मान र मर्यादा प्रकट गर्दछौ । अतः यस्ता घृणित कार्य कसैले पनि नगर्न, नगराउन हामी अनुरोध गर्दछौँ । यो कानुनीरुपमा समेत दण्डनीय कार्य हो, बस्नेतले भनेका छन् ।
हामी रचनात्मक र सन्देशमुलक प्रचार सामग्री बनाउने र सम्प्रेषण गर्ने गर्दछौं । अरु उम्मेदवारसँग कुनै एजेण्डा नभएको कारण हामीविरुद्ध झुठो आरोप, प्रत्यारोपमा उत्रिएका हुन् । विपक्षीहरुको यस्तो आरोपको प्रतिक्रिया र विरोध सम्भव भए सम्म रचनात्मक हुनुपर्दछ । हाम्रो उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्र, मधेस र मधेसी जनताका लागि अनि यो मुलुकका लागि आजसम्म गरेका कार्य, आगामी दिनहरुमा गर्ने र गर्न सक्ने कार्यहरु हाम्रो मुख्य प्रचार सामाग्री हुन् । उपनिर्वाचन लक्षीत प्रचारप्रसारलाई मर्यादित बनाउन बस्नेतले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार