समिट अपार्टमेन्ट निर्माणले पुर्याएको क्षतिबारे छानबिन गर्न उपप्रमुखको नेतृत्वमा समिति गठन
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार १२:३५:१४
२७ चैत, ललितपुर । ललितपुर महानगरपालिकाले समिट अपार्टमेन्ट घटनाबारे छानबिन गर्न उपप्रमुख मञ्जिला शाक्य बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।
कुपण्डोल हाइटमा निर्माणधीन समिट अपार्टमेन्टसहितको १७ तले होटल समिट बनाउने क्रममा शुक्रबार राति वरिपरिको घर र जग्गा भासिएको थियो । घटनाबारे छानबिन गर्न महानगरले सोमबार समिति गठन गरेको हो ।
समितिमा सम्बन्धित वडाका दुई वडाध्यक्ष, पीडितका तर्फबाट ३ जना, समिटका प्रतिनिधि, महानगरका इन्जिनियर र प्रवक्ता छन् । समितिलाई क्षतिको विवरण संकलन, क्षतिपूर्ति वितरण र निर्माण कम्पनीलाई कारबाहीको सिफारिस लगायत कार्यादेश दिइएको छ ।
यसैबीच अपार्टमेन्ट निर्माण कम्पनी, ललितपुर महानगर र पीडितबीचको त्रिपक्षीय बैठकले एक करोड रुपैयाँको कोष बनाउने निर्णय गरेको छ । पीडिलाई सोही कोषबाट रकम दिइनेछ ।
यस्तै, अपार्टमेन्ट र होटलको नक्सा पाससमेत नगरेको र वातावरण प्रभावसम्बन्धी अध्ययन नै नगरी जबर्जस्त बनाउन खोजिएको पाइएपछि तत्काल निर्माण कार्य रोक्न महानगरले निर्देशन दिएको छ ।
उक्त अपार्टमेन्ट चौधरी ग्रुपको लगानीमा बनाउन लागिएको हो । अपार्टमेन्ट बनाउन अन्डरग्राउन्डका लागि माटो खन्दा निकै ठूलो खाडल बनेको र त्यसका प्रभावले वरपरका घरमा क्षति पुर्याउन थालेकाे छ । छिमेकीहरुले समयमै सचते गराउँदा समेत चौधरी ग्रुपले बेवास्ता गरेको भन्दै उनीहरु आक्रोशित बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार