हिन्दु धर्म अनुसार बैशाख महिनामा के-के गर्नुपर्छ ?
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार ११:२४:४७
२८ चैत, काठमाडौं । हिन्दू पात्रो अनुसार केही दिनमा नै नयाँ बर्ष अर्थात वैशाख महिना सुरू हुदैछ । यसै महिनामा रामको अवतारमा भगवान विष्णुको जन्म भएको जनविश्वास छ ।
ज्योतिषीहरुका अनुसार स्कन्द पुराणमा यो महिना निकै पवित्र र फलदायी मानिएको छ । यस महिनामा अक्षय तृतीया, बरुथिनी र मोहिनी एकादशी, प्रदोष व्रत, मासिक शिवरात्रि, वैशाख अमावस्या र वैशाख पूर्णिमा जस्ता धेरै व्रत र पर्वहरू पनि छन्। आउनुहोस् जानौं यो महिना कहिले सुरु हुँदैछ र यस महिनामा के–कस्ता कामहरू गर्दा शुभ फल प्राप्त हुन्छ।
वैशाखमा के गर्ने ?
यस महिनामा भगवान विष्णुको माधव स्वरूपको पूजा गरी ऊँ माधवाय नमः मन्त्रको जप गर्नुहोस्। यसले जीवनमा सुख र समृद्धि ल्याउनेछ। विष्णुजीको पूजामा पञ्चामृत र तुलसी मिसाउनु पर्छ ।
यस महिनामा गीता वाचन गर्नु शुभ मानिन्छ । यसो गर्दा घरमा सुख शान्ति कायम रहन्छ। वैशाख महिनामा कथा आदि आयोजना गर्नु शुभ र फलदायी हुन सक्छ। यस महिनामा पर्ने अमावस्याको दिन पनि महत्त्वपूर्ण छ।
अमावस्यामा पितृहरूलाई प्रसाद र पिण्डदान गर्नुहोस्। वैशाख अमावस्यामा शनिदेवको पूजा गर्नाले कुंडलीमा शनिदोष र पितृदोषको प्रभावलाई कम गर्न सकिन्छ ।
वैशाख महिनामा गर्मी उत्कर्षमा हुने भएकाले यस महिनामा पशुपक्षीलाई पानी र खाना खुवाउनु पवित्र मानिन्छ । जसका कारण पशु पन्छिहरु भोकै बस्दैनन् र भगवानको कृपा पनि प्राप्त हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार