अर्थतन्त्रको यो अवस्थामा अब सुधार आउँछः गोल्छा
नेपालबहस संवाददाता
चैत २८, २०७९ मंगलबार १२:५७:५३
२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चाँडो अर्थतन्त्रको गतिले सुधार लिने बताएका छन् । उनले अब अर्थतन्त्रको निराशा लामो समय नरहने दावी गरेका छन् । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको अवस्थाप्रति चिन्तित हुनुपर्ने सहमय विस्तारै घटेर जाने बताए ।
कोभिड–१९बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको भन्दै उनले यो अप्ठ्यारो लामो समय नरहने बताए । कोभिडबाट बचाएको अर्थतन्त्र हाम्रै कारण अप्ठ्यारोमा परेपनि अहिलेको निरासाजनक अवस्था लामो समय नरहने उनले बताए ।
अहिलेको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न पनि उनले सुझाव दिए । उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अप्ठ्यारो पर्ने भन्दै उनले सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गरे । लोकप्रियताभन्दा पनि दिगो योजना बनाएर दिगो आर्गिक वृद्धिका लागि काम सरकारलाई सुझाव दिंदै उनले नेपाली उद्योगलाई सहुलियतमा बिजुली उपलब्ध गराउन माग गरे ।
महासंघ सरकार विरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै उनले जनताको जीवनस्तर उठाउन काम गरिने बताए । हामीसँग विश्व बजारमा छिरेका देशहरु धेरै माथि पुगेका उदाहरणले नेपाल पनि पुग्न सक्छ भन्दै गोल्छाले अहिलेको अप्ठ्यारो अवस्थामाथि उठाउन सरकारको विशेष ध्यानाकर्षण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट: एमालेका भण्डारी ६०८ मतले अगाडि
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट : एमालेको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, ७८० मतान्तरले अगाडि
बैशाख १६, २०८१ आइतबार
‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा
बैशाख १६, २०८१ आइतबार