महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल
आर्थिक संवाददाता
चैत २८, २०७९ मंगलबार १३:४४:५७
२८ चैत्र, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज चैत्र २८ शुरु भएको र भोलि २९ गते सम्म चल्ने ५७औँ वार्षिक साधारणसभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल शुरु गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षीहरु रहेका छन् । ढकाल यो साधारणसभाबाट स्वतः अध्यक्ष बन्दैछन् ।
हिजो बुधबार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षीहरु उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् ।
उनले भने, “महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौं भन्ने गरेको छु । यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ । यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो ।”
उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्व रहने बताए । “हामी एक भयौ भने मात्र निजी क्षेत्र बलियो हुन्छ । हाम्रो महत्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन,” उनले भने ।
“निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी बिभाजन नहौऔँ । एकता र सहकार्यबाट समाधान खोजौँ । मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीहरुलाई मिलाउन सकिन्छ भनिरहेको छु । यसमा तपाईहरुको साथ र सहयोग अपेक्षा गरेको छु ।” उनले भने ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
विज्ञापन बोर्डको चेतावनी, ‘भ्रमपूर्ण विज्ञापन छापिए कारवाही हुन्छ’
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
जेठ ११, २०८१ शुक्रबार
बेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
संसद् भवनमा विपक्षी दलहरु छलफलमा जुटे
जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल
जेठ ११, २०८१ शुक्रबार
आर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार
ट्रम्पको राष्ट्रपति अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउँदै
जेठ ११, २०८१ शुक्रबार