विषयगत समितिमा सत्तापक्ष र विपक्षीको रस्साकस्सी
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार १३:२२:१
२७ चैत, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुले सहमतिमा प्रतिनिभिसभाका विषयगत समितिहरु गठन गर्ने सहमसित गरेपनि कसले कति समितिको नेतृत्व गर्ने भन्नेमा सत्तापक्ष र विपक्षीबीच रस्साकस्सी सुरु भएको छ । आज बुधबार कम्तिमा समितिमा सभापतिको नाम टुंगो लगाउने भनिएपनि सम्भव देखिएको छैन । दलभित्र पनि समितिको सभापति बन्नका लागि हानाथाप चलिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखासमितिसतिह चार समिति मागेको छ । एमालेलाई चार समिति दिन सत्तापक्ष तयार देखिएको छैन । समिति गठन नहुँदा धेरै कामहरु प्रभावित भइरहेका छन् ।
प्रतिनिधिसभातर्फ १० वटा विषयगत समिति रहेका छन् । सभामुख देवराज घिमिरेको पहमा भएको तीनदलका तीन नेताबीचको छलफलमा पनि सहमतिमै समितिको बाँडफाँड टुंग्याउने सहमति भएको भनिएको थियो । तर, नेपाली कांग्रेस, नेकपा एमाले र मााओवादीभित्र नाम दिन विवाद भइरहेको छ । यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठकले समिति गठन गर्नका लागि मंगलबार साँझसम्म नाम संकलन गर्ने निर्णय गरेको थियो ।
गठन हुने समितिहरुमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति रहेका छन् । यस्तै कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति पनि गठन गर्नुपर्ने । यस्तै महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समिति सभापति बनाउने विषयमा विवाद देखिएको हो ।
संसदीय समितिहरूलाई मिनि संस्दका रुपमा पनि हेरिन्नछ । लोकतान्त्रिक शासन प्रणालीको लामो र राम्रो अभ्यास भएका मुलुकमा विधि निर्माणदेखि सरकारलाई उत्तरदायी बनाउनसम्म संसदीय समितिहरूको महत्वपूर्ण भूमिका रहन्छ । संसदीय समितिहरूको सही अभ्यास नभएको भन्दै आलोचना पनि हुने गरेको छ । नेताहरूको ध्यान सत्ताको खेलमा संसदीय निर्वाचनको चार महिनापछि बल्ल संसदीय समिति गठनको तयारी गरिँदैछ । अहिले पनि संसदीय समितिलाई कसरी प्रभावकारी बनाउने भनेर होइन कुन पार्टीले कतिवटा समितिको सभापति हत्याउने भनेर खिचातानी भइरहेको देखिन्छ ।
यी समितिहरुमा सभामुखले प्रतिनिधिसभाको सहमति लिएर पदेन सदस्यबाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्न पाउनेछन् । तर, यसरी मनोनयन गर्दा समितिको कार्यक्षेत्रसँग स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन गर्न नपाइने नियमावलीमा उल्लेख छ । १० वटै समितिमा प्रधानमन्त्री पदेन सदस्य र समितिको कार्यक्षेत्रसँग सम्बन्धित मन्त्री सो समितिको पदेन सदस्य हुन्छन् । २७ सदस्यमध्ये समितिलाई नै सभापति चयन गर्ने अधिकार हुन्छ ।
१० समितिमध्ये सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दललाई दिने अभ्यास छ । वैधानिक व्यवस्था नभए पनि सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्न यो व्यवस्था अभ्यासबाट स्थापित गरिएको हो । संसदीय समिति गठनका लागि आज पनि छलफल हुने भनाएको छ । गठन गरेपछि समिति ज्येष्ठ सदस्यको नेतृत्वमा सञ्चालनमा आउँछ । तर, समिति नेतृत्वको विषय सत्तारूढ दलहरूले भागबन्डा गरेपछि मात्र टुंगो लाग्न गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गत गठन हुने ४ वटा ४ वटा संसदीय विषयगत समिति सभापतिमा दावी गरेपछि आज पनि नाम दिन सम्भावना देखिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार