फोहोरमाथि शक्ति र स्वामित्वको संघर्ष !
नेपालबहस संवाददाता
चैत २९, २०७९ बुधबार २०:१६:२१
२८ चैत,काठमाडौं । उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिल साइटमा फाल्न थालेको १८ वर्ष हुन लाग्यो । सुरुमा दुई वर्षलाई भनेर २०६२ जेठ २२ देखि उक्त ठाउँ प्रयोग गर्न थालिएको थियो । यो विवाद अहिले पनि कायम छ । गत वर्ष सरकारी पक्ष र स्थानीय बासीबीच भएका सहमति कार्यान्वयन भएका छैन । फेरी उताबाट अवरोध आउने कुरा आइरहेका छन् । यहीबीचमा संघ स्थानीयतहको अधिकारका विषयलाई लिएर विवाद सुरु भएको छ । गत वर्ष पनि काठमाडौं महानगरपालिकाको र शहरी विकास मन्त्रालयबीच निकै रस्साकस्सी चलेको थियो ।
फोहोरलेको मूल व्यवस्थापन गर्नुपर्ने काम शहरी विकास मन्त्रालय र महानगरपालिकाको हो । नीतिगत काम र पुर्वाधार निमार्णको स्वामित्वलाई लिएर संघीय सरकार र स्थानीय निकायबीच उत्पन्न विवादको असर सर्वसाधारणले भोगिरहेका छन् । केहिदिनदेखि सरकारी निकायहरुबीच विवाद आउँदा फेरी काठमाडौं उपत्यकाको फोरर उठ्न छाडेको छ । सिंहदरवार र राष्ट्रपति कार्यलय नै यसको शिकार भइरहेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वार्ताबाट सहित नजुटेसम्म फोहो नउठाउने भनिरहेका छन् ।
मंगलबारेको मन्त्रिपरिषद बैठकले पनियसमा ठोस निर्णय लिन सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरवारभित्रको फोहोरको अवस्थाबारे सबै मन्त्रालयसँग धारणा मागे र वार्ता गर्न निर्देशन दिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यी ठाउँको फोहोर नउठाउने भनि दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय भएको भीनएपनि त्यसका लागि पहल भएको छैन् ।
शहरी विकास मन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु अनुचित भएको बताएकी छन् तर, आस सरोकार राख्ने शहरी विकास मन्त्रालयले पनि पहल सुरु गरेको छैन् । मन्त्री गुरुङ फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भुमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने भन्दै पन्छिने काम गरिरहेकी छन् । महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको उनको भाइ छ । तर, समित कहिले बन्छ त्यसको पत्तो छैन् ।
मन्त्री गुरुङको भनाइमा समन्वयकारी भुमिका निर्वाह गर्ने कुरामा कुनैपनि कन्ज्युस्याँइ हुँदैन । विगतमा फोहोर व्यवस्थापनको निम्ति शहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब आफ्नो मन्त्रालयको काम समन्वय गर्ने काम मात्रै हो । काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगरका मेयरले अभिव्यक्ति आएको भन्दै बैठकमा छलफल भएपनि मन्त्रिपरिषद पनि यसमा के गर्ने भन्ने निर्णमा पुगेको छैन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० को ठाडो निर्देशनमा चार दिनदेखि रोकिरहेको सिंहदरबार,शीतल निवास,प्रधानमन्त्री निवास र मन्त्रिनिवासको फोहोर संकलन कार्य लगातार तेस्रो दिनपनि अवरुद्ध रहेको छ । चार दिनदेखि फोहोर उठ्न नसक्दा मुख्य प्रशासनिक निकाय सिंहदरबार र मन्त्रीनिवासमा फोहोरको डंगुर लागेको छ ।
वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गरेका थिए । मेयर साहले फोहोर व्यवस्थापन गरिरहेका निजी क्षेत्रका कर्मचारीलाई शनिबार ती क्षेत्रबाट फोहोर नउठाउन निर्देशन दिएका थिए ।
मेयरको निर्देशनअनुसार कामपा फोहोर व्यवस्थापन विभागले फोहोर संकलन गर्ने संस्थाका पदाधिकारीलाई आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार, सिंहदरबार र पुल्चोकस्थित मन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएको थियो । केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर साहलाई सरकारले असहयोग गरेको भन्दै मेयरले फोहोर ढुवानीमा रोक लगाएका हुन् ।
उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिल साइटमा फाल्ने क्षेत्रमा पनि विवाद छ । दुई वर्षका लागि भनेर २०६२ जेठ २२ देखि उक्त ठाउँ प्रयोग गर्न थालिएको १८ वर्ष भएको छ । त्यहाँ फोहोरले एउटा डाँडोकै रूप लिएको छ । त्यही थुप्रोमाथि सडक छ । बर्खामा गाडी फस्छन् । तब राजधानीमा फोहोर उठाउन ठप्प हुन्छ । फैलिन्छ दुर्गन्ध । हरेक वर्षझैं यसपटक पनि राजधानीवासीले यही नियति भोग्नुपरिरहेको छ ।
सिसडोलले नथेग्ने भएपछि सरकारले २०७५ सालमा नुवाकोट र धादिङको सीमास्थित बन्चरे डाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बनाउन थालेको थियो । दुई वर्षमा बनाइसक्ने भनिए पनि अझै अधुरै छ । उल्टै जग्गा अधिग्रहण र क्षतिपूर्तिबारे काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच विवाद छ । क्षतिपूर्ति र पुनर्निर्माणको जिम्मा कसले लिने भन्नेमा सहमति जुट्न सकेको छैन । उता, उपत्यकामा उत्पादन हुने फोहोर ल्यान्डफिल साइटमा ल्याउन नदिने राजनीति स्थानीयले सुरु गरिसकेका छन् । १८ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय बन्चरे डाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरुले आक्रोश पोखेका छन ।
सुकुम्बासी बस्ती हटाउने सम्बन्धमा मेयर बालेन नियम–कानुन मिचेर एकतर्फी रूपमा अघि बढ्न खोजिरहेका छन् । उच्च अदालत पाटनले नदी किनारका बस्तीमा कुनै कारबाही अघि नबढाउन अन्तरिम आदेश गरिसकेको छ । तर उक्त आदेश लत्याउँदै उनी सुकुम्बासी बस्ती खाली गर्न खोजिरहेका छन् र त्यसका लागि प्रहरीको सहयोग मागिरहेका छन् । सुकुम्बासी समस्या भनेको लामो समयदेखि समाधान हुन नसकेको विषय हो । यसका लागि राज्यले राष्ट्रिय भूमि आयोग स्थापना गरेको छ । उक्त आयोगले सबै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने भनेको छ । तर त्यसका लागि पहिलो चरणको काम गर्नुपर्ने स्थानीय सरकारले नै हो ।
काठमाडौं महानगर लगायतका स्थानीय तह सरकारले सुकुम्बासी बस्तीमा गएर लगत संकलन गर्ने, प्रमाणीकरण गर्ने र असली सुकुम्बासी पहिचान गरेर राष्ट्रिय भूमि आयोगमार्फत् जग्गा वितरण गर्ने भनेर कानुनमा भनिएको छ । कानुनअनुसार यो समस्या सम्बोधन गर्न सबभन्दा पहिला काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा लगत संकलन टोली खटाउनुपर्छ । मेयर बालेन आफैंले पनि उक्त प्रक्रिया सुरू गर्न भूमि आयोगसँग सम्झौता गरेका छन् । तर अहिले आएर काठमाडौं महानगर सुकुम्बासीको लगत संकलन गर्न चाहँदैन । बरू नदी किनारमा बसोबास गरिरहेका सुकुम्बासीलाई महानगरकै खर्चमा अन्यत्र स्थानान्तरण गराएर त्यो ठाउँ खाली गराउने अभियानमा लागेको छ, जसको अनुमति कानुनले दिँदैन ।
अर्कातिर सयौंको संख्यामा रहेका सुकुम्बासी परिवारलाई होटल वा अन्य ठाउँमा लामो समय बसोबास गराउनु भनेको महानगरको निम्ति अतिरिक्त खर्च हो । बालेनले कतिपय आफ्नो सरोकारै नभएका विषय पनि उठाएका छन् र ती विषय पूरा नभएसम्म सिंहदरबारजस्तो मुलुकको प्रशासनिक केन्द्रको फोहोर नउठाउने धम्की दिएका छन् । कतिपय विषय त उनले आफ्नो सीमाभन्दा बाहिर गएर उठाएको देखिन्छ । बालेन शाहको आरोप छ सहरी विकास मन्त्रालयले काठमाडौंका खोला सरसफाइमा सहयोग गरेन । काठमाडौं उपत्यकाको फोहोरमैला फाल्न बञ्चरेडाँडामा निर्माण गरिएको ल्यान्डफिल साइटमा लिचेड ९दूषित पानी० व्यवस्थापन पनि गरिएन भन्ने छ ।
काठमाडौं महानगर लगायत उपत्यकाका सबै स्थानीय तह सरकारहरूले फोहोरमैला संकलनबापत् असुल गर्ने शुल्कबाट करोडौं रूपैयाँ उठाउछन । महानगरले फोहोरमैलाबापत् उठाएको रकम खर्चभएको देखिएा छैनन् । सहरी विकास मन्त्रालयसँग मेयर बालेन शाहले काठमाडौंमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गाको कुरा पनि उठाएका छन् । उनले काठमाडौंबाट निष्कासन हुने फोहोरमैला बञ्चरेडाँडासम्म नलगी यहीँभित्र व्यवस्थापन गर्ने र त्यसका लागि संघीय सरकारले जग्गा उपलब्ध गराउनुपर्ने भन्न खोजेका छन् । उनलै उठाएका १४ बुँदै मागका विषयमा गहन वार्ता र सहमति हुनेपर्ने माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार