एक महिने मूर्ति निर्माण तालिम सुरु
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार ११:२५:५५
३० चैत, काठमाडौं । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा एक महिने मूर्ति निर्माण तालिम राजधानीमा सुरु गरेको छ । बुधवार तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले कला संस्कृतिको संरक्षण नै सिर्जना हो । यो सीप सिकाइबाट पाएको ज्ञान अमूल्य हुने बताए ।
उनले भने‚ ‘तालिमपश्चात् कलाकार भएर निस्किने छ । अनुशासित भएर सिकेको ज्ञान नै उपयुक्त हुन्छ ।’ गुम्बा विकासबाट लिएको सीप विदेशमा समेत प्रयोग भएको कार्यकारी दोङले जानकारी दिए । जसले देशको पहिचानसमेत चिनाएको उनको भनाइ थियो । तालिममा ठुलाले सानालाई सहकार्य गरी सीप साटासाट हुँदा थप ज्ञान बाँडिन्छ । जसले सान र मान पाइन्छ‚ उनले थपे ।
यस्तै उद्घाटन सत्रलाई सम्बोधन गर्दे समितिका योजना शाखा अधिकृत रामबाबु सापकोटाले तालिम अवधिभर अनुशासन‚ चाहनका साथ सिकेमा त्यसले आफूलाई पूर्णता दिने बताए । उनले यो तालिमलाई हेलचेक्र्याइँ गरेर आफूखुसी भएर सीप सिक्यो भने त्यो प्रभावकारी नहुने बताए । त्यस्तै तालिमका प्रशिक्षक भीम श्रेष्ठले तालिम अवधिभर टेक्निकल ज्ञानसहित मैले जानेसम्म सीप सिकाउने हुँदा यसमा अनुशासन भएर सिक्दा राम्रो हुने बताए ।
उनले मूर्तिको धेरै रूपहरू छन्, पर्फेक्ट मूर्ति बनाउन टेक्निकल सीप चाहिन्छ, त्यो मबाट सिक्न पाउने बताए । तालिममा सर्लाही, सोलुखुम्बु, ताप्लेजुङ, सङ्खुवासभा, धादिङ लगायतबाट १५ जनाको सहभागी रहेका छन् । तालिम आगामी २०८० सालको वैशाख २८ गतेसम्म चल्नेछ । समितिले गुम्बा व्यवस्थापन सम्बन्धी तालिम‚ प्रत्येक वर्षमा मूर्ति बनाउने तालिम‚ सोवा रिग्पा तालिम‚ थाङ्का लेखन तालिम‚ आनीहरुलाई सामाजिकीकरण गर्ने गोष्ठी लगायतका प्रशिक्षणहरू प्रदान गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार