अझै उठेन शीतलनिवास र सिंहदरबारको फोहोर
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १३:१६:१३
१ वैशाख, काठमाडौं । आज छैठौं दिन पनि राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्रीनिवास बालुवाटार र सिंहदरबारको फोहोर उठेको छैन ।
काठमाडौं महानगरपालिकाले केन्द्र सरकार र मन्त्रालयहरुले आफ्नो मागलाई बेवास्ता गरेको जनाउँदै विरोधस्वरुप फोहोर उठाउन कार्य बन्द गरेको जनाउँदे आएको छ । महानगरका मेयर बालेन साहको निर्देशनमा परिवर्तन नेपाल प्रालिले आइतबारदेखि फोहोर उठाउन बन्द गरेको हो । फोहोर उठाउने ठेक्कामा सो संस्थाले उठाउँदै आएको छ ।
महानगरले नभनेसम्म फोहोर नउठाउने प्रालिका संचालक मित्र घिमिरेले बताए । सिंहदरबारभित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्डभित्रै राखिएका छन् । महानगरका प्रवक्ता एवं ११ नं. वडा अध्यक्ष नवीन मानन्धरले सरकारले वार्ता गर्न नबोलाएसम्म सिंहदरबारबाट फोहोर नउठ्ने स्पष्ट पारे ।
मेयर बालेनले गत शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिंहदरबारको काठमाडौं महानगरको विकास, सफाइ अभियानलाई असहयोग पुग्ने काम कायम रहेसम्म फोहोर नउठ्ने बताएका थिए ।
यद्यपि, फोहोर नउठाउने साहको अभिव्यक्ति नीतिगत विपरीत रहेको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले साहलाई जिम्मेवारी बोध गरेर काम गर्न सचेत गराएको थियो । त्यसको ४ दिन बितिसक्दा पनि फोहोर उठन सकेको छैन । फोहोर नउठेपछि दुर्गन्ध फैलिएको छ ।
संविधानको अनुसूची–८ मा फोहोरमैला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । साथै फोहोरमैला व्यवस्थापन ऐन २०६४ ले पनि फोहोरमैला उठाउने र व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार