चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १४:९:६
३ वैशाख, काठमाडाैं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ । चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए ।
“बाँडफाँडमै समान व्यवहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै हामीलाई सङ्ख्यामार्फत नै निरुत्साहित गर्ने काम भयो”, उनले भने, “दर्शकको माग बमोजिम अब प्रोजेक्टरमार्फत चलचित्र प्रदर्शन गर्नेछौँ ।” आउँदा दिनमा पनि नेपालीपन बोकेको कथालाई दर्शकसम्म ल्याउने उनको भनाइ छ ।
लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र ‘बुलाकी’मा निर्माता विष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, लक्ष्मी गिरीलगायतले अभिनय गरेका छन् । चलचित्र वितरण कम्पनी एफडीका अध्यक्ष छविराज ओझाले निर्माताले चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिए । “निर्मातामार्फत आएको जानकारीलाई हामीले चलचित्र भवन सञ्चालकसम्म पु¥याइसकेका छौँ ।
टिकट बिक्री नभएका शो रोकिसकेका छन् । टिकट बिक्री भएका शो भने आज रोकिँदैनन”, उनले भने। अनुसार सोमबारदेखि पूर्णरूपमा सो चलचित्रको प्रदर्शन रोकिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार