सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा पुर्वमन्त्री बाँस्कोटालाई अख्तियारको उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १७:५१:११
३ बैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मुख्य दोषी मानिएका तत्कालिन नेकपा सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई उन्मुक्ति दिएको छ । यही प्रकरणमाा ६९ करोड घोटाला भएको आरोपमा अख्तियारले आइतबार केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि तत्कालिनज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । सुरक्षण मुद्रण प्रेस गरिद गर्दा ७० कोरोड भ्रष्टाचार भएको सनसनीपूर्ण खबर बाहिरिएपछि बास्कोटाले राजिनामा दिएका थिए । बास्कोटाको भूमिकमा अस्वाभाविक लागत अनुमान तयार गरी खरिद सम्झौताविपरीत गुणस्तरहीन सामान गरिद भएको आरोप लागेको थियो । उक्त आरोप आज अख्तियारले पुष्टि गरेको छ ।
अख्तियारले उच्च राजनीनितक दवावका कारण पनि बास्कोटाको नाम यसमा समावेस नगरेको बुझिएको छ । अख्तियार दुरुपयोग अनुन्सन्धान आयोगमा एमाले अध्यक्ष केपी शर्मा ओली निकट अध्यक्ष भएकाले पनि बास्कोटालाई यो प्रकरणबाट बचाउन खोजिएको आरोप सर्वत्र भएको छ । मन्त्री रहेका बेला बास्कोटाले इलेक्ट्रिक ट्रान्सफर्मर’ स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवाबापत अग्रिम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सिस्टम खरिद गर्न सेटिङ मिलाएका आरोप लागेको थियो ।
अहिले अख्तियारले पनि यही आरोप पुष्टि गरेको छ । तत्कालिन समयमा बास्कोटामा मुख्य योजनाकार मानिएका कार्यकारी निर्देशक पौडेललाई ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४, सिडिई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५, सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार आठ सय २७, लेखा अधिकृतबाट निवृत्त रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड एक लाख ३९ हजार सात सय ४६, रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र मित्रलाल गुरौविरुद्ध आठ लाख ६९ हजार बिगो दाबी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार