ढोरपाटनमा निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी स्थानीय लाभान्वित
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १३:४५:३४
५ वैशाख, ढोरपाटन । ढोरपाटनमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका चार सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । ढोरपाटन नगरपालिका वडा नं ९ का नागरिकलाई लक्षित गरी वडाको आयोजना र दुर्गम स्वास्थ्य सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
ढोरपाटन–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले नागरिकको सहज स्वास्थ्य सेवाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । एक दिने स्वास्थ्य शिविरमा दीर्घरोगीदेखि विभिन्न किसिमका रोगको उपचार गरिएको थियो । उनले पहिलो पटक सञ्चालन गरिएको स्वास्थ्य शिविरमा सबै प्रकारको रोगीलाई लक्षित गरी सेवा उपलब्ध गराइएको बताए ।
शिविरमा मुटु रोग, तन्द रोग, स्त्री रोग लगायतका रोगको परीक्षण र उपचार गरिएको अध्यक्ष घर्ती मगरको भनाइ छ । “यसपटक वडा कार्यालयको अगुवाइमा विदेशी डाक्टरसहितको टोलीले सेवा प्रदान भएको छ”, उनले भने । शिविरमा डाक्टर अमृत पोखरेल, डाक्टर सरमशिखा भट्टराईलगायत, अमेरिका र बेलायतबाट आएका डाक्टरको टोलीले सेवा दिएको थियो ।
शिविरमा स्थानीय चन्द्रसिंह गुमाइँले पनि दाँतको उपचार गराए । “दाँत किराले खाएर समस्या भएको थियो, हालसम्म घरेलु उपचार गराउँदै आएको थिए”, उनले भने, “हिजो ढोरपाटनमै विशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउँदा खुसी छु ।”
गुमाइँ जस्तै स्थानीय प्रियासी पुन मगरलेपपनि शिविरबाट सेवा लिए । लामो समयदेखि ढाड दुख्ने समस्याबाट ग्रसित उहाँले शिविरमा स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्राप्त गरे । “यस्तो विकट ठाउँमा वडा कार्यालयले स्वास्थ्य शिविर राख्यो, हामी जस्ता दुर्गमका मान्छेले राम्रो सेवा पायौँ, यस्तो सेवा बेला–बेलामा ल्याउन सके, यहाँका धेरै मान्छेको अकालमा ज्यान जाने थिएन”, पुन मगरले भने, “यहाँ त अहिले पनि अस्पतालमा गएर उपचार गराउने चलन निकै कम छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
बैशाख २८, २०८१ शुक्रबार
त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा
बैशाख २८, २०८१ शुक्रबार
बुलबुले तालमा मोटरबोट सञ्चालन
बैशाख २८, २०८१ शुक्रबार
नुवाकोटको रमणीय पर्यटकीय क्षेत्र घ्याङस्वारा
बैशाख २८, २०८१ शुक्रबार
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार