म्यानमार-भैरहवा सिधा उडानको तयारी, पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेमा दुवै पक्ष विश्वस्त
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार ११:१९:४६
६ वैशाख, काठमाडों । सरकारले नेपाल र म्यान्मारबीच सिधै हवाई उडानको तयारी सुरु गरेको छ । नेपाल पर्यटन बोर्डको पहलमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट म्यानमारको राजधानी यगु्नमा सिधा हवाई सेवा सञ्चालनको तयारी गरेको हो ।
सिधा उडान गर्नेबारे दुई पक्षीय छलफल सुरु भएको बोर्डले जनाएको छ । सिधा उडानबाट दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । छलपफल आवश्यकताका आधारमा थप हुँदै जाने बाेर्डकाे दाबी छ ।
सोका लागि बोर्डले मंगलबार साँझ अबेरसम्म चलेकाे छलफलमा नेपालका लागि म्यानमारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशनल एयरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवाला सहभागी थिए ।
छलफलमा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानका लागि म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले म्यानमार नेशनल एयरलाइन्सले गौतम बुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट, सुविधा तथा अन्य आवश्यक सहयोग गर्न आफूहरू तयार रहको बताए ।
म्यानमारको नेशनल एयरलाइन्सका कार्यकारी प्रमुख क्याप्टेन कुप खान्मुङले आफुले गौतम बुद्ध विमानस्थल निरीक्षण गरेर फर्किएको र सिधा उडानबारे आफूहरू तयार रहेको बताएका थिए ।
सिधा उडानले बौद्धमार्गी म्यानमारबाट लुम्बिनीमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने निश्चित रहेको र सोही कारण बोर्डले पहल लिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार