स्याङ्जामा डढेलो नियन्त्रणमा कठिनाई
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १७:५१:१६
६ वैशाख, स्याङ्जा । बढ्दो तापक्रम र प्रतिकुल मौसमका कारण स्याङ्जामा डढेलोको घट्नाहरु बढ्न थालेका छन् । प्रायजसो गर्मी मौसममा डढेलो लाग्ने समय भएकाले डढेलोका घट्नाहरु बढ्न थालेका हुन् । वनजंगलमा लागेको आगालागीबाट ठुलो क्षती भएको अनुमान गरिएको छ ।
डिभिजन वन कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार अहिले सम्म १८ सय हेक्टर जंगलमा डढेलोले क्षती पु¥याएको जनाएको छ । डढेलोका कारण भएको क्षतीको अनुमान सार्वजनिक गर्न कठिनाई भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी हरिबंश न्यौपानेले बताए ।
११ पालिकाका ४२ ठाउँमा डढेलो लागेको उनले जानकारी दिए । डढेलोबाट बनजंगल सहित अन्य बस्तीहरु जोगाउन डिभिजनले सचेतना अभियान मात्रै चलाएको दावी उनले गरेका छन् । दरबन्दी अनुसारको बन रक्षक नभएका कारण डढेलो नियन्त्रणमा समेत कठिनाई हुने गरेको न्यौपानेको भनाई छ । डढेलो नियन्त्रणमा हामीलाई सुरक्षा निकायबाट सहयोग हुदै आएको छ सुचना अधिकारी न्यौपानेले भने,‘सिमित साधनश्रोत र जनशक्तिको अभाव समस्या छ ।’ बनरक्षकको ३३ दरबन्दी छ तर हामी सगँ अहिले ११ जना मात्रै छन् उनले भने ।
जिल्लामा ६० प्रतिशत डढेलो लागेको तथ्याङ्क डिभिजन सगँ छ । जंगलमा लागेको डढेलोले के कति वन्यजन्तुमा क्षती पु¥याएको छ भन्ने बिषयमा डिभिजन वन कार्यालय स्याङ्जा अन्योलमा रहेको छ । रानीबन जंगलमा लागेको आगोका कारण आँधीखोला गाउपालिका १ अर्घौदीमा २ घर ४ गोठ जलेर नष्ट भएका छन् ।
मानवीय र पशुचौपायको क्षती हुनबाट जोगिएको छ । नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा अन्य बस्ती बचाउन सफल भएको र क्षतीको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।
दिनहुँजसो स्याङ्जामा आगालागीका घट्नाहरु भइरहेका छन् । अझै पनि आगालागीका घट्नाहरु हुनसक्ने भन्दै सबै जिल्लाबासी सचेत रहन जिल्ला सुरक्षा समिति स्याङ्जाले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार