सकम्बरी समाजका अँध्यारा कथाहरू देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने उद्देश्य हो : प्रकाश सपुत
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १३:२४:२६
८ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो समय निकै चर्चाको शिखर चुम्न सफल गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ले आठ दिनमै एक करोडभन्दा बढी पटक हेरिने नेपाली गीतको युट्युब रेकर्ड कायम गरेको छ ।
शुक्रबार दिउँसोसम्म यो गीतलाई एक करोड ११ लाख ३८ पटक हेरिएको छ । चर्चा र विवादको कारण यो गीतको भ्युज ह्वात्तै वृद्धि भएको छ । तर एक महत्वाकांक्षी युवतीले चर्चा र पैसाका लागि अपनाएको छोटो बाटोलाई लिएर सपुतले उक्त गीत बनाएका छन्। उक्त गीतको विरोध र समर्थनले सामाजिक सञ्जाल पनि ह्वातै तातेको छ।
यसअघि कुनै पनि नेपाली गीतले यतिका उपलब्धि पाउन सकेका थिएनन् । रोचक कुरा के छ भने सपुतको यो गीत रिलिज भएकै दिनदेखि युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ । ट्रेन्ड हेर्दा यो गीतको भ्युज अझै अघि बढ्ने देखिएको छ । टिकटकमा भाइरल बन्नु र सामाजिक सञ्जालमा समेत यसबारे निकै बहस हुनुले गीतमा दर्शकको चासो देखिएको हो ।
सपुतकै शब्द, संगीत र स्वर रहेको यो गीतले विम्बपरक रुपमा कला क्षेत्रमा संघर्षरत युवतीले भोग्नुपरेको बाध्यता र कठिनाइलाई चित्रण गरेको छ । गीतकी मोडल कुसुम शर्मा पनि अहिले चर्चामा छिन् । गीतमा प्रकाशसँगै वर्ता गन्धर्वको पनि स्वर छ । सुदीप सागरको संगीत संयोजन छ । भिडियोमा अभिनेता सुनिल थापाको समेत अभिनय छ ।
सकम्बरीले समाजलाई तरंगीत पार्ने केही लहर उत्पन्न गरेको छ । यसले टिकटक बनाउने गजबका लाइनहरु मात्र दिएको छैन, एउटा सिंगो कथा बोकेको छ । यसलाई गीत नभनेर गीतिकथा भन्दा पनि फरक नपर्ला । कलिलो उमेरकी फूलमाया एक थान सपना सँगालेर गाउँबाट सहर पस्छे । सहर पस्नु उसको रहर नभएर वाध्यता हुन्छ । नजिकैको दाइ पर्नेले सहर जाने मेसो मिलाउँछ, काम खोजिदिन्छ, बास मिलाइदिन्छ । तर फूलमायाले सोचेको शहर र भोग्ने शहर भिन्न हुन्छ । शहरमा फूलमायाले केही कुरा पाउँछे र त्यो भन्दा कैयौं बढी गुमाउँछे ।
शहर पुगेदेखि नै एकपछि अर्को गर्दै फूलमायाका जीवनमा विभिन्न पात्र आउँछन्— कोही दाइ बनेर, कोही ग्राहक, कोही साहु, कोही लगानीकर्ता आदि बनेर । सबैले फूलमायालाई वस्तुका रूपमा भरपूर प्रयोग गर्छन् । बिस्तारै ऊ सहरको रंगीन दुनियाँमा अभ्यस्त हुन थाल्छे । एक दिन उसले आफ्नो जीवनलाई पुनः आफ्नै नियन्त्रणमा लिन्छे र सकम्बरी बन्छे । सपुतले यो गीत वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने एक श्रमिक युवतीको जीवनमा आधारित भएर बनाएका छन् ।
हेर्नुस सकम्बरी गीत.....
यसैबीच, सकम्बरी गीतलाई लिएर भइरहेको विवादमा गायक सपुतले माफी मागेका छन् । गायक सपुतले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् । उनी लेख्छन्, ‘मेरो सिर्जनाले प्रत्यक्ष÷अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’
रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा उनले आफूले पाँच वर्ष सो क्षेत्रमा काम गर्दा अपमानजनक दृष्टिकोण खेपेको अनुभव पनि उल्लेख गरेका छन् । ‘कसैलाई होच्याएर, आफू अग्लिनु छँदै छैन, कसैलाई असफल बनाएर सफल हुनु छँदै छैन । कमजोरी छैन भन्दिनँ, छ तर सकी नसकी जानीनजानी गर्न खोजेको चाहिं समाजका अँध्यारा कथाहरू देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो,’ उनले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार