जब रबिन्द्र झा डाक्टर बने
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १६:५०:४७
८ वैशाख, काठमाडौं। सामाजिक कथावस्तुमा आधारित टेलिश्रृंखला ‘सर्खारको सर’ को चौंथो भाग प्रशारण भएको छ । दर्जन बढी ठुलो पर्दाको चलचित्रमा आफ्नो कला प्रस्तुत गरी सकेका रबिन्द्र झा ‘सर्खारको सर’ मा डाक्टर बनेका छन्। चलचित्रका दर्शक र टेलिभिजनका दर्शक छुट्टै हुने र टेलिभिजन हेर्ने दर्शकको झन् धेरै माया पाउने भएकाले आफुले चलचित्रको सुटिंगबाट केहि समय निकालेर सिरियलमा काम गरेको उनले बताए।
यो श्रृंखला प्रत्येक बुधवार राति ८ः४५ बजेदेखि नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने गर्दछ । टेलिभिजन पश्चात डीएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक हुनेछ। ‘सर्खारको सर’ मा राजनीतिक विकृति–विसंगतिसंगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उदेश्यले निर्माण गरिएको निर्माण टिमले बताएको छ । श्रृंखलाको निर्देशन बिनय राज पौडेलले गरेका छन् ।
रघुनाथ सापकोटा कार्यकारी निर्माता रहेको यो श्रृंखलामा दीपक आचार्य, रबिन्द्र झा, सिपि पुडासैनी, लीला केसी, जगदिश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी, तलिसा गुरुङ, डिम्पल खरेल, सबिता खड्का, रमेश अधिकारी, बिरबल घले लगायतका कलाकारको अभिनय रहेको छ । राजेन्द्र बजगाईंको संगीत रहेको ‘सर्खारको सर’ को कथा रघुनाथ सापकोटाले लेखेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार