कृपा र सोनुलाई राइजिङ स्टारको उपाधि
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १४:३०:२७
११ वैशाख, काठमाडौं । क्रियटीभ वल्र्ड नेपालको आयोजनामा सम्पन्न ‘सातौं प्रभु बैंक राइजिङ स्टार’ को उपाधि जुनियर क्याटगोरीबाट इपिएस स्कुल, मीन भवनमा कक्षा ५ मा अध्ययनरत कृपा गौतम र सिनियर क्याटगोरीबाट नेशनल एकेडेमी, शंखमुलमा कक्षा ७ मा अध्ययनरत सोनु महताराले जितेका छन् ।
विजेताद्वयले जनही नगद ५० हजार रुपैंयाँसहितसहित अवार्ड, क्राउन र विभिन्न उपहारहरु प्राप्त गरे । दुवैले मोस्ट ट्यालेन्टेड अवार्डसमेत हात पारे । प्रतियोगितामा जुनियरतर्फ पवन प्रकृति हाइस्कुल, इमाडोलमा कक्षा ५ मा अध्ययनरत आकृति खापुङ र सिनियरतर्फ ग्रामर पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत सृजा शाह ‘फस्ट रनर अप’, जुनियर क्याटगोरीबाट इडनब्रीज एकेडेमी, धापासीमा कक्षा ३ मा अध्ययनरत आलियाना अलि र सिनियर क्याटगोरीबाट केएम्सी स्कुल, कक्षा ९ मा अध्ययनरत एरिका अधिकारी ‘सेकेण्ड रनर अप’ भए ।
प्याब्सन काठमाडौंको सहकार्यमा भएको कार्यक्रममा काठमाडौंका विभिन्न स्कुलहरुमा अध्ययन गर्ने कक्षा २ देखि ९ सम्मका ८७ जना बालबालिका प्रतिष्पर्धी थिए । कार्यक्रममा टप थ्री देखि टप सेभेनसम्म र विभिन्न विधामा अन्य २४ जनालाई सबटाइटल अवार्ड उपाधी प्रदान गरिएको थियो भने चार अभिभावकलाई ‘बेष्ट प्यारेन्ट्स अवार्ड’बाट समेत सम्मानित गरियो ।
प्रतियोगिताको निर्णायकमा प्याब्सन काठमाडौंका उपाध्यक्ष रिता राई दाहाल, प्रभु बैंकका चिफ म्यानेजर मन्जयराज पाण्डे, राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बानियाँ, गायक अशोक मुकारुङ, मिस मंगोल २०२२ की विजेता पासाङ डोल्मा शेर्पा, डान्सिङ स्टारका विजेता छिरिङ शेर्पा, राइजिङ स्टार सिजन ४ का विजेता अस्मिता अधिकारी र राइजिङ स्टार सिजन ५ का विजेता प्रशुन बडाल रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार