चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १५:०:९
११ वैशाख, काठमाडौं । पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा मलिका महत केन्द्रिय भूमिकामा रहनेछिन् ।
दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने चलचित्रमा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी,सृजना अधिकारी,मनिषा सापकोटा,सुजिता शिवाकोटी,इभन जोशी,विमल श्रेष्ठ,दिपा मगर,तुलसी प्रसाद श्रेष्ठ बाल कलाकार हर्षिका ओली,मंजिला बानियाँको अभिनय रहनेछ। महिला प्रधान चलचित्रमा दीपक शर्मा र सुभाष भुषालको संगीत बाबु श्रेष्ठको छायाँकन,देव महर्जनको द्वन्द,रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।
सुदिप कुँवर मुख्य सहायक निर्देशक रहने चलचित्रका प्रोडक्सन मेनेजर सीबी भण्डारी हुन्। चलचित्रका निर्माता,लेखक,गीतकार तथा निर्देशक लक्ष्मण सुवेदीले चलचित्रको छायाँकन ३० दिनमा सकाउने लक्ष्य रहेको बताए । लामो समय चलचित्र पत्रकारितामा कमल चलाएका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ चलचित्रको निर्देशन गरी सकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ को घोषणा
पुष १५, २०८१ सोमबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार