कहाँ थियौ फूलकी ए फूलथुंगे रानी
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १६:४३:५२
११ वैशाख, काठमाडौं । गायक सुजन चापागाईंको नयाँ गीत ‘फूलथुंगे रानी’ युट्युव च्यानलमा सार्वजनिक भएको छ। तीनपाते’देखि चर्चामा आएका सुजनका ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘मिलेको जीउ छिनेको कम्मर’, ‘बाफ’ लगायत अधिकांश गीत चर्चित छन्।
‘फूलथुंगे रानी’लाई कुशल सिंहले एरेन्ज गरेका छन्। गीतको भिडियोलाई आर्टमान्डुले निर्माण गरेको छ। म्युजिकल फिल्ममार्फत् कथा भन्ने आर्टमान्डुले प्रस्तुतिमा यसपटक फरक शैली अपनाएको छ।
निर्देशक नवीन चौहानले भिडियोको कन्सेप्ट बनाउने क्रममा पुरानै ढर्रा नदोहोर्याउने निर्णय गरेको बताए।’गीतको आफ्नो स्वभावलाई जीवित राख्दै वैकल्पिक इमेजहरु छनोट गरेर स्वच्छन्द रुपमा अर्कै केही गरेँ।
नतिजा यहाँहरु समक्ष आइसकेको छ,’ चौहानले गीत सार्वजनिक गर्दै सामाजिक सन्जालमा लेखेका छन्। आर्टमान्डुको यो म्युजिकल फिल्मको निर्देशन टिममा नवीनसंगै सुरज कटुवाल पनि रहेका छन्।
भिडियोमा एलेक्स विश्वकर्मा र विभूति सिटौलाको अभिनय छ। दुवैले यही म्युजिकल फिल्ममार्फत् अभिनयमा डेब्यू गरेका छन्। ‘फूलथुंगे रानी’लाई आर्टमान्डुले अस्कर अन्तर्राष्ट्रिय कलेजका विद्यार्थीसँग सहकार्य मार्फत् निर्माण गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार