१७ खर्बभन्दा तलको बजेट बनिरहेको अर्थमन्त्रीको ब्रिफिङ
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १५:५९:२९
१३ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको संसदीय दलमा आगामी बजेट १७ खर्चभन्दा तल हुने ब्रिफिङ गराएका छन् । उनले आन्तरिक स्रोत अहिले सबैभन्दा कम उठिरहेकाले राजश्व संकलनलाई विशेष प्रामिकतामा दिइएको जानकारी गराएका छन् । अहिले राजश्व लक्ष्य अनुसार नभएकाले आन्तरिक खर्च निकै चापमा परेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसको संसदीय दलमा दुई दिन चलेको आगामी बजेटबारेको छलफलमा अधिकांश सांसदले सांसद विकास कार्यक्रम राख्न अर्थमन्त्री प्रकाशशरण महतलाई दवाव दिएका छन् । अहिले प्रदेशका संसदलाई मात्र यो कार्यक्रम दिइएको छ । प्रदेशका सांसदले सांसद क्षेत्र विकास कार्यक्रम पाउने र संघीय सांसदले नपाउने हुँदा संघीय सांसदलाई निर्वाचन क्षेत्रमा जान समस्या भइरहेको उनीहरुको गुनासो छ ।
बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिन सोमबार र मंगलबार दुई दिन संसदीय दलको बैठक बोलाइएको थियो । बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए । विकासका कार्यमा लागिरहेको व्यक्ति भए पनि पुराना दलले जित्न नसकिने अवस्था निर्माण भएको चिन्ता बैठकमा गरिएको गरिएको थियो । नयाँ दलले गरेको प्रचार अभियानका अगाडी कांग्रेस कमजोर भएकाले पनि पराजित हुनुपरेको नेताहरुले गुनासो गरेका थिए ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका लागि स्रोत र साधनको अभाव रहेको सांसदहरुलाई सुनाएका थिए । बैठकमा सहभागी अधिकांश सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए । प्रतिनिधिसभाका सांसदका लागि सांसद विकास कार्यक्रम नहुने हो भने प्रदेशमा पनि हुन नहुने तर्क उनीहरुको छ । बैठकमा सहभागी एक सांसदले दिएको जानकारी अनुसार प्रदेशका सांसदका लागि विकास कार्यक्रम बजेटमा समावेश हुँदा संघका सांसदलाई पनि व्यवस्था हुनुपर्यो भन्ने माग उठेको थियो ।
छलफलका क्रममा अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट १६ खर्ब हारहारीमा बनिरहेको जानकारी दिएका थिए । अर्थमन्त्री संसदीय दलको कार्यालयमा बजेट सम्बन्धी ब्रिफिङ गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारको स्रोत खुम्चिएको अवस्थामा खर्चको दायरा समेत घटाउनुपर्ने बाध्यताकाबीच आगामी आर्थिक वर्षको बजेट १६ खर्बको सीमा झार्न लागिएको डा.महतको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको निश्चित सीमाभित्र रहेर बजेट ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन गरिसकेको र यही अनुसार तयार ीभइरहेको महतले जानकारी गराएको एक नेताले बताए । महतको भनाई अनुसार १६ खर्ब चालू आर्थिक वर्षको बजेटभन्दा १ खर्ब ५ अर्ब रुपैयाँले कम हो । चालू आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
खर्चको स्रोत घटेसँगै सरकारले आगामी आर्थिक वर्षको बजेटमा साना फुटकर आयोजनाहरुको खर्च कटौती गर्ने नीति लिने अर्थमन्त्री डा.महतको भनाइ छ । प्राथमिकतामा रहेका र बहुवर्षीय ठूला आयोजनाहरुलाई निरन्तरता दिएर स्रोत अपुग आयोजनाहरुलाई स्थगित गरिने समेत अर्थमन्त्री डा.महतले बताएका छन् । उनले आगामी बजेट सांसद विकास कार्यक्रम राख्न नसकिने जानकारी सांसदहरुलाई गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार