धुलाबारीमा दनुवार समुदायको संस्कृति झल्किने महोत्सव हुने
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार ११:११:१६
१३ वैशाख, झापा । झापाको मेचीनगर–१० धुलाबारीमा प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । दनुवार जागरण समिति मेचीनगरले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । दनुवार नेपालको सीमान्तकृत जातीय समुदाय हो ।
समितिका जिल्ला अध्यक्ष श्याम दनुवारले यही वैशाख १६ गते धुलाबारीको पुरानो पशुहाटमा एक दिवसीय महोत्सव गरिने बताए । महोत्सवमा दनुवारको जातीय परिहन, कला, संस्कृति, वेषभूषा, खाना, गहनाको प्रदर्शनी हुने र दनुवार समुदायका ज्येष्ठ नागरिकको सम्मान गरिने उनले बताए ।
समितिका मेचीनगर अध्यक्ष मोहन दनुवारले महोत्सवमा जिल्लाभरबाट पाँच सयभन्दा बढी दनुवार समुदायको सहभागिता रहने बताए । मुलुकका १९ जिल्लामा दनुवार समुदायको बसोबास रहेको छ । सिन्धुली तथा उदयपुरमा सबैभन्दा बढी संख्यामा दनुवार रहेका समितिका केन्द्रीय सल्लाहकार अग्निमाया मेचे दनुवारले बताए ।
महोत्सवमा रु तीन लाख ८० हजार खर्च हुने अनुमान गरिएको मेचीनगर अध्यक्ष मोहन दनुवारले बताए । मेचीनगरमा मात्र एक हजार दुई सय घर दनुवारको बसोबास छ । नेपाली कांग्रेस मेचीनगरका सभापति सुदय पनेरुले ढिलै भए पनि दनुवार समुदायले आफ्नो पहिचान, कला र संस्कृतिलाई महोत्सवमार्फत प्रस्तुत गर्न लागेकामा खुसी व्यक्त गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ झापाका पूर्वसचिव अमित खम्बुले आफ्नै भाषा, कला र संस्कृति भएको दनुवार जातिको पहिचान लोप हुँदै गएको अवस्थामा महोत्सवले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार