फिजिकल क्यासको अर्थतन्त्र कोभिडपछि डिजिटाइज भएको छ : गभर्नर अधिकारी
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १७:९:२०
१३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीपछि नेपाली अर्थतन्त्र डिजिटाइज हुँदै गएको बताएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोभिडले नेपालको अर्थतन्त्रमा परिवर्तन गरेको बताए ।
हाल रिटेलमा डिजिटाइजेसन बढ्दै गएको बताए । उनले नेपालको वित्तीय प्रणली सुरक्षित रहेको समेत दाबी गरे ।
अमेरिकालगायत दक्षिण एसियाको अन्य देशहरूमा हप्ता हप्तामा सुरक्षासम्बन्धी समस्या दोहोरिने गरिएको बताउँदै नेपालको अवस्था त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो । तैपनि नेपालको परम्परागत अनुगमनमा सुधार गर्नुपर्ने औल्याए ।
अर्थतन्त्रमा उतारचढाव आए एनपीए बढ्ने बताउँदै एनपीएलाई कभर गर्न बैंकहरूले आफ्नो नाफाबाट रकम छुट्याउनुपर्ने बताए । कोभिड महामारीकालअघिका फिजिकल क्यासको अर्थतन्त्र कोभिडपछि डिजिटलमा परिवर्तन भएको उनको भनाइ थियो । हाल आरटीजीएसबाट महिनामा ४२ खर्ब रुपैयाँसम्म कारोबार भइरहेको जानकारी उनले दिए ।
‘डिजिटल प्ल्याटफर्म कनेक्ट (आईपीएस)बाट १ महिनामा पचासौं अर्ब रुपैयाँ कारोबार भइरहेको छड गभर्नर अधिकारीले भने, ‘ क्यूआरबाटै २२ अर्ब रुपैयाँ कारोबार भएको छ । यसको असरका कारण बजारमा अघि पठाएको रकम राष्ट्र बैंकमा फर्किएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार