लुम्बिनीका विद्युतीय गाडीमा हरियो प्लेट सेताेमा परिवर्तन, भाडामा चलाउन दिइने
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १३:१६:२५
१४ वैशाख, बुटवल । लुम्बिनीमा साढे दुई वर्षदेखि त्यतिकै थन्किएका विद्युतीय गाडी सञ्चालन गर्न बाटो खुला भएको छ ।
लुम्बिनी प्रदेश सरकारले सेतो नम्बर प्लेटमा रहेका ती गाडीहरू हरियो नम्बर प्लेटमा रूपान्तरण गरी सञ्चालनको स्वीकृति प्रदान गर्ने निर्णय गरेपछि वर्षौंदेखि थन्काएर राखेका गाडीहरू सञ्चालन गर्ने बाटो खुलेको हो ।
२०७७ साल मंसिर ९ मा लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै एसियाली विकास बैंकको १३ करोड रुपैयाँ अनुदानमा १४ वटा विद्युतीय भ्यान र पाँच वटा विद्युतीय बस खरिद गरिएको थियो । ति गाडी लुम्बिनी विकास कोषले सञ्चालन गर्ने भएको छ ।
एडिबीले सरकारलाई हस्तान्तरण गरेका सबै गाडी कोषलाई हस्तान्तरण गरे पनि सेतो नम्बर प्लेटमा रहेका थिए । सरकारी सेतो नम्बर प्लेटका गाडीलाई सरकारी कामबाहेक पर्यटक वा यात्रुहरू बोक्ने काममा प्रयोग गर्न नपाइने कानूनी व्यवस्था छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोषका ५ वटा विद्युतीय बस र १४ वटा भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रूपान्तरण गरी सेवा प्रदान स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
निर्णयबमोजिम प्रदेशको सेतो नम्बर प्लेटका गाडीहरू हरियो नम्बर प्लेटमा रूपान्तरण गर्न यातायात व्यवस्था कार्यालय सवारी रुपेन्देहीप्लई निर्देशन दिइसकेको छ । सरकारले गरेको उक्त निर्णयको कार्यान्वयनमा आएको पत्र बुधबार प्राप्त भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १४ वटा विद्युतीय भ्यान र पाँच वटा विद्युतीय बस, सोलार प्लाण्ट र चार्जिङ स्टेसनमा गरी ३५ करोड लगानी भएको विकास कोषले जनाएको छ ।
क्लिन इनर्जीले गाडी नेपाल ल्याउँदा भन्सार शुल्क मात्रै ८ करोड रुपैयाँ बुझाएको थियो । वातानुकूलित, अपांगतामैत्री र स्वचालित ढोका सहितका बसमा १९ सिट क्षमता छ भने भ्यान पाँच सिटका छन् ।
एक पटक पूरा चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्ने क्षमता रहेका बसरभ्यानमा कार्डबाटै रकम भुक्तानी गर्ने सुविधा समेत छ ।
एडिबीले लुम्बिनी जाने पर्यटकहरूलाई सहज सेवा दिने उद्देश्यले उपलब्ध गराएका गाडीहरू भाडा लिएरै सञ्चालन गर्ने विकास कोषले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार