अर्थतन्त्र संकटमा रहेको सरकारका प्रवक्ताकाे स्वीकाराेक्ति, सुधारको प्रयासमा सरकार लागिरहेको दाबी
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १४:३:२
१४ वेशाख, दाङ । सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा भएको बताएकी छन् ।
बिहीबार प्रेस सेन्टरले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री शर्माले अत्यन्त कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्रलाई सुधार गर्न सरकार निरन्तर लागिरहेको सुनाइन् । उनको अभिव्यक्तिले मुलुकको अर्थतन्त्र संकटमा रहेको पुष्टि गरेको छ । यसअघिसम्म प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत तथा गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र संकटमा परेको कुरा हल्ला मात्र भएको भन्दै खण्डन गर्दै आएका थिए् ।
‘अहिले देशको आर्थिक अवस्था अत्यन्त कमजोर अवस्थामा पुगेको छ । बिग्रिएको अर्थतन्त्र सुधार्न सरकारले नीति निर्णयसहित अगाडि बढिरहेको छ’ उनले भनिन् । उले आगामी बजेटको सिलिङ कटौति हुने संकेत समेत दिइन् । सरकारले उत्पादन र प्रतिफल दिने योजनालाई प्राथमिकतामा राखेको बताइन् । अर्को प्रसंगमा उनले सरकारले छिट्टै संक्रमणकालीन न्यायसम्बन्धी विधयेकलाई संसदमा पारित गर्ने बताइन् ।
यस्तै, मन्त्री शर्माले दाङको घोराही–तुलसीपुर ४ लेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको बताइन् । उक्त सडक लेन निर्माणमा भारतीय एक्जिम बैङ्कको लगानीमा भारतीय निर्माण कम्पनीले नै ठेक्का पाएको छ । लामो समयदेखि सडक निर्माण हुन नसक्दा दुर्घटना दर बढेर दर्जनौं नागरिकको ज्यान गइसकेको र पैदल यात्रुलाई आवतजावतमा धुलो र धुवाँले कष्टप्रद बनेको गुनासो छ । असारभित्र निर्माण नसके उक्त कम्पनीको ठेक्कना रद्द गर्ने समेत जानकारी दिइन् ।
चालु आवमा सरकारले झण्डै १६ खर्बको बजेट घोषणा गरेको थियो । तर आवको तेस्रो त्रैमासिकसम्मा राजश्व लक्ष्यको ३२ प्रतिशतमात्र हासिल भएको जनाउँदै सरकारले चैत महिनाको शिक्षक पेन्सन र सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्ने जनाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार