नेपाल–बेलायत द्विपक्षीय सहकार्य गर्ने विषयमा नवीकरण
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १६:४५:४०
१४ वैशाख, काठमाडौं । नेपाल–संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र 'बिसिएम' को छैटौँ बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको छ ।
बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । दुबै प्रतिनिधिमण्डलले दुई शताब्दी पुरानो मित्रता र सहयोगका बारेमा विचार आदानप्रदान गर्नुका साथै विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संशोधन विकास, कन्सुलरलगायत द्विपक्षीय सम्बन्धका प्रमुख पक्षमा भएका प्रगतिको समीक्षा गरेका थिए ।
जनस्तरको सम्बन्ध, ब्रिटिश गोर्खाको मुद्दा, जलवायु परिवर्तन र दिगो विकासका साथै बहुपक्षीय मञ्चमा पारस्परिक हितका मुद्दामा मिलेर काम गर्ने विषयमासमेत बैठकमा छलफल भएको थियो । बैठकले भूतपूर्व गोर्खाका विषयमा भइरहेको वार्ताको समीक्षा गर्दै गुनासो सम्बोधनका लागि छलफल जारी राख्ने सहमति गरेको छ ।
बेलायती पक्षले बेलायतको विकास सहयोग पोर्टफोलियोको बदलिँदो स्वरूपका बारेमा प्रकाश पार्दै नेपाललाई भविष्यमा हुने सहयोगका प्राथमिकताका क्षेत्र आदानप्रदान गरेको थियो । यसमा मध्यम आय भएको मुलुकलाई सङ्क्रमणकालीन अवस्थामा प्रदान गरिने सहयोग, दिगो विकास लक्ष्यतर्फ प्रगति, लगानी र जलवायु वित्त परिचालनमा सहयोग, शिक्षामा पहुँच, विशेष गरी बालिकाको शिक्षा विस्तारमा सहयोग समावेश छ ।
नेपाली पक्षले सबैभन्दा ठूलो विकास साझेदारका रूपमा बेलायतले प्रदान गर्दै आएका बहुमूल्य विकास सहयोगको प्रशंसा गर्दै अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नती हुने महत्वपूर्ण समयमा त्यस्तो सहयोगको निरन्तरता र अभिवृद्धिको आवश्यकतामा जोड दिइएको थियो ।
व्यापार, लगानी, ऊर्जा र पर्यटन जस्ता उत्पादनशील क्षेत्रमा सहयोग र संलग्नतालाई थप सुदृढ र फराकिलो बनाउन दुवै पक्ष सहमत भएका छन् । नेपालको स्वच्छ ऊर्जामा लगानी बढाउनुले आर्थिक वृद्धि मात्र नभइ जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न सहयोग पुग्ने सहमति भएको छ ।
दुवै पक्षले नवीकरणीय ऊर्जा र सूचना तथा सञ्चार क्षेत्रलगायत विभिन्न क्षेत्रमा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता लगानीका निकायको उपयोगका साथै ब्रिटिश लगानी साझेदारीबाट थप स्रोत प्रयोग गर्ने सम्भावनाबारे पनि छलफल गरेका थिए । दुवै पक्षले जलवायु परिवर्तन, गरिबी निवारण र दिगो विकासका एजेण्डालाई अगाडि बढाउनेजस्ता बहुपक्षीय मञ्चमा साझा हितका विभिन्न विषयमा सहकार्य गर्ने विषयमा नवीकरण गरेका छन् ।
संयुक्त अधिराज्यले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा हालको दोस्रो ठूलो सेना उपलब्ध गराउने राष्ट्रको रूपमा नेपालको योगदानको प्रशंसा गरेको छ । छुट्टाछुट्टै भेटमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र बेलायतको राष्ट्रमण्डल विकास कार्यालयका स्थायी उपसचिव सर फिलिप बार्टनबीच मैत्री सन्धिको शतवार्षिकी मनाउने, उच्चस्तरीय भ्रमण आदानप्रदान, द्विपक्षीय सहयोगलगायत विविध विषयमा फलदायी छलफल भएको दूतावासले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार