नेपाल र अष्ट्रेलियाबीच हवाई उडानबारे छलफल
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १७:१७:१७
१४ वैशाख, काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रवद्र्धनका लागि साझेदारिताबारे आज छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तारका लागि यसअघि नै प्रक्रिया अघि बढिसकेको छ । यसका लागि मन्त्रालयमा कार्ययोजना समेत पेश भइसकेको छ । अष्ट्रेलियामा सिधा उडानका लागि नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले प्रक्रिया अघि बढाइएको जानकारी दिए । “सरकारले वायुसेवा निगमलाई अष्ट्रेलिया उडानका लागि आधिकारिक एयरलाइन्स तोकेको छ”, उनले भने, “अष्ट्रेलियामा हवाई उडानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।”
सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । नेपालले हालसम्म ४० मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ । आजै पर्यटनमन्त्री किरातीले ‘इन्टर्नशिप’का लागि फ्रान्स गएका विद्यार्थीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्दै फ्रान्समा नेपालको राम्रो सम्भयता छाडेर आउन आग्रह गरे ।
“अब पर्यटन विश्वविद्यालय चाँडै खोलिदैछ तपाईंहरुको आवश्यकता त्यहाँ पनि पर्छ राम्रो अध्ययन गरेर आउनुहोला । तपाईंहरुले एक वर्ष त्यहाँ सिक्न मात्रै जादै हुनुहुन्न यो देशको राम्रो सभ्यता समेत छाडेर आउनुहुनेमा विश्वास छ”, पर्यटनमन्त्री किरातीले भने। होटल व्यवस्थापन विषय अध्यानरत २४ विद्यार्थीलाई पर्यटनमन्त्रीले विदाई गरेका हुन । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान 'नाथम'का विद्यार्थीहरुले फ्रान्सको सेभोलेमा रहेको १०० वर्ष पुरानो विश्वाविद्यालयमा एक बर्ष इन्टर्नशिप गर्नेछन् । साथै फ्रान्सबाट नाथममा इन्टर्नशिप गर्नका लागि भोलि विद्यार्थीहरु यहाँ आउने कार्यक्रम रहेको नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार