कोशीमा पहिचान आन्दोलनकाे नेतृत्व गरिरहेका लिङदेन मञ्चको अध्यक्षबाट बर्खास्त
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १७:७:३२
१८ वैशाख, मोरङ । कोशी प्रदेशमा जारी पहिचान आन्दोलनको नेतृत्व गर्दै आइरहेका कुमार लिङदेनलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अध्यक्ष पदबाट बर्खास्त गरेको छ ।
यही वैशाख १२ गते बसेको मञ्चको बैठकले बहुमत केन्द्रीय सदस्यहरुको निर्णयले अध्यक्ष लिङ्देनलाई पार्टीबाट हटाएको ज्ञानबहादुर गुरुङले एक प्रेस विज्ञप्ति निकालेर जानकारी दिएका छन् । बैठकले गुरुङलाई नै अध्यक्षको जिम्मेवारी दिएको छ ।
प्रदेशको नाम कोशीप्रति असहमति जनाउँदै पहिचानको आधारमा नामाकरण गर्नुपर्ने मागसहित उनले महिना दिन पहिलेदेखि नै आन्दोलनको नेतृत्व गर्दै आइरहेका छन् । लिङदेनले पार्टीको विधान र हित विपरीत गतिविधि गरेको आरोप लगाउँदै पार्टी विधानको परिच्छेद धारा १४ को ९७ (३) को ‘क’ र ‘ख’ बमोजिम पदमुक्त गरिएको निर्वाचन आयाेगमा दिएकाे निवेदनमा उल्लेख छ । सोको जानकारी निर्वाचन आयोगमा समेत दिइसकिएको छ ।
आयोगमा दिएको निवदेनअनुसार रिक्त पदमा विधानको परिच्छेद १० को धारा ५५ को (२) बमोजिम उपाध्यक्ष ज्ञानबहादुर गुरुङलाई अध्यक्ष चयन गरिएको उल्लेख छ । पेस भएको विवरण अद्यावधिक निवेदनमामाथि कानूनी प्रक्रिया अगाडि बढाइसकिएको आयोगले जनाएको छ ।
आयोगमा दर्ता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको केन्द्रीय कमिटीमा २८६ सदस्य छन् । पार्टी नेतृत्व आन्दोलनमा लागेको बेला मञ्चमा आन्दोलनको पक्ष र विपक्षमा मत देखिएको छ । यसको असर आन्दोलनमा समेत पर्न थालिएको आन्दाेलनकारीहरु बताउँछन् । यद्यपि, प्रदेशको नाम पहिचानको आधारमा नराखेसम्म आन्दोलन नरोकिने आन्दोलनकारीहरुले बताइरहेका छन् ।
यता, लिङदेनले भने पार्टी निर्णय नक्कली भएको बताउँदै ‘साथीहरुले सपनाको खोले खाएको’ प्रतिक्रिया दिएका छन् । आन्दाेलनका एक जनाकाे ज्यान गइसकेकाे छ । ज्यान गुमाएका पदम लिम्बूलाइ केन्द्र सरकारले शहीद घाेषणा गरिसकेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार