सरकारी कोटाबाट आयातीत सुपारी कारोवारी बीचमा भएको ८० करोड लेनदेनको झगडा सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार ११:५५:५९
२० वैशाख, विराटनगर । तीन वर्ष अगाडि कोभीड १९ को महामारीका कारण पुरै देश लकडाउन भएको मौकामा सुपारीको अवैध धन्दा गर्न पल्केका व्यवसायीले तत्कालीन केपी ओली सरकारसँग सेटिङ्ग गरी विभिन्न भन्सार नाकाको प्रयोग गरी तेस्रो मुलुकबाट सुपारीको आयात कारोबारमा हिसाब नमिलेपछि अहिले आएर छरपस्ट हुन पुगेको छ ।
सुपारी डनको उपनामले चिनिएका केही व्यवसायीले त्यो बन्दाबन्दीको समयमा तेस्रो मुलुकबाट सुपारीको आयात गरेर उक्त सुपारीलाई नै नेपाली सुपारी बनाएर भारत निर्यात गरेर मुनाफा वितरणमा झगडा सुरु भएको हो । त्यस बेला उनीहरूले बन्दाबन्दीको समयमा सुपारी आयातका लागि सक्रिय भएर आयात गरेको सुपारीबाट आर्जित मुनाफा बाँडफाँडमा ८० करोड रकम हराएको भन्दै अहिले सुपारी आयात कर्ता झापा जिल्लाका प्रदीप मित्तलले मोरङ व्यापार संघ र उद्योग संगठन मोरङमा निवेदन नै दिएपछि सुपारी आयातकर्ताका बीचमा नै ठूलो विवाद भएको रहस्य खुलेको हो ।
त्यस बेला नेपाली कृषकलाई नोक्सान भएपछि व्यापक विरोध भएर रोकिएको सुपारी आयात सर्वोच्च अदालतको आदेश अनुसार तत्कालीन मन्त्री र सरकारी अधिकारीसँगको मिलेमतोमा आयात खुला गरि २५ हजार मेट्रिक टन सुपारीको कोटा पाएका विराटनगर र झापाका सुपारी डनहरुले नेपाल भित्र्याउन सफल भएको घटना बाहिरिएकै थियो । कमाउन पल्केका सुपारी व्यापारीले कोरोना महामारी र लकडाउनका कारण मुलुक ठप्प बनेको मौका छोपेर सुपारी आयातलाई तीव्रता दिएका थिए ।
तत्कालीन केपी ओली सरकारले पनि सुपारीको कोटा वितरण गरेपछि सुपारी आयातमा व्यवसायीको डरलाग्दो सेटिङ्ग सार्वजनिक भएको थियो । उक्त सेटिङ्ग सार्वजनिक पश्चात विघटित प्रतिनिधिसभाका सांसद रमेशजंग रायमाझीको नेतृत्वमा संसदीय छानविन समिति समेत बनेको थियो । उक्त संसदीय समितिले मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय , भन्सार विभाग र वाणिज्य विभागलाई लिखित रुपमा छानविन पुरा नहुन्जेल सुपारीको आयात रोक्का गर्न निर्देशन समेत दिएको थियो ।
तर तत्कालीन केपी ओली सरकारले उक्त संसदीय समितिको निर्देशन अमान्य रहेको भन्दै सुपारी डनहरुलाई तेस्रो मुलुकबाट सुपारी आयात गर्न बाटो खुल्ला गरिदिएका थिए । उक्त सुपारी भारतीय बजारमा बिक्री समेत भएपछि अहिले आएर आफ्नो ८० करोडको हिसाब मिलाउन भन्दै सुपारी व्यवसायी प्रदीप मित्तलले उद्योग संगठन र मोरङ व्यापार संघमा निवेदन नै हालेपछि सरकारी कोटामा आयात गरिएको सुपारीले करोडौंको राजश्व कर छलीसमेत भएको रहस्य खुलेको हो ।
तत्कालीन सरकार आफैले निर्देशन गरी वाणिज्य विभागबाट देशभित्र सुपारीको अभाव भएको झुटो प्रतिवेदन तयार गरी तेस्रो मुलुकबाट २५ हजार मेट्रिक टन आयातका लागि कोटा निर्धारणको सूचना जारी गरेर आफ्ना निकटका सुपारी व्यवसायीलाई कोटा वितरण गरेको थियो । त्यस बेला पनि आयातका लागि ८५ वटा फर्म तथा कम्पनीले आवेदन दिएकोमा सरकार र सरकारी अधिकारीसँग सेटिङ मिलाउन सफल सुनसरी मोरङका ६ जना व्यवसायीलाई मात्रै अनुमति दिएर हतार–हतार कोटा स्थगन गरिएको थियो । यसरी सूरुदेखि नै विवादित बन्न पुगेको सुपारीको कोटा वितरण गर्दा वाणिज्य विभागले झापाको तान्वी ट्रेडर्स र श्यामजी सप्लायर्स सहितका फर्म तथा कम्पनीलाई मात्रै देशभित्र आवश्यक नै नरहेको सुपारी आयातको अनुमति दिएको थियो ।
झापाका सुपारी व्यवसायी प्रदीप मित्तल, शंकर अग्रवाल, श्याम अग्रवाल, दीपक पोखरेल अनि मोरङका प्रदीप कुमार मुरारका र दिनेश राठीले मात्रै ले सुपारी आयातको अनुमति पाएका थिए । तर विराटनगर मै रहेका सुपारी व्यापारी खेमचन्द लालवानी देखि विमल कुमार जाजोडियासम्मले सुपारीको कोटा नपाएपछि भित्रभित्रै सुपारी आयात प्रकरण भुसको आगोजस्तो गरी सल्किँदै गएको रहस्य पनि अहिले आएर खुलेको हो । तिनै कोटा पाएका सात व्यवसायीले आयात गरेको २५ हजार मेट्रिक टन सुपारी बिक्रीको हिसाबबाट ८० करोड रकम बाँडफाँडमा व्यवसायी दिनेश राठी र प्रदीप मुरारकाले झापा जिल्लाका सुपारी व्यवसायी प्रदीप मित्तललाई उक्त रकम नदिने जनाउ दिएपछि अहिले सुपारी व्यवसायी व्यवसायी बीचमा नै आरोप प्रत्यारोप चल्न थालेको हो ।
समाचार स्रोतका अनुसार सरकारबाट कोटा पाएका सबै सुपारी व्यवसायीलाई आयातको अनुमति दिलाउन सरकार र व्यवसायी बीचको सेटिङ शौर्य एयरका संचालक एवं पूर्व खरदार दीपक पोख्रेलले मिलाइदिएको दावी पनि स्रोतले गरेको थियो । त्यति मात्र नभएर विराटनगरका सुपारी व्यापारी दिनेश राठी र व्यवसायी प्रदीप मुरारकालाई पाँच पाँच हजार मेट्रिक टनका दरले सुपारी आयातको छुट्टै कोटा समेत दीपक पोखरेल आफैले बिक्री गरेको रहस्य पनि खुलेको हो । ती सबै सुपारी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरी राखेको सुपारी भारतको पश्चिम बंगाल सिलिगुडीका सुपारी व्यवसायी नारायण अग्रवालले खरिद गर्ने व्यवस्था पनि दीपक पोखरेलले नै मिलाएको दावी समाचार स्रोतले गरेको हो ।
यसरी तेस्रो मुलुकबाट आयात भएको सबै सुपारी वैधानिक र अवैधानिक बाटो हुँदै भारतमा लगेर बिक्री गरी सकेपछि ८० करोडको हिसाबमा सुपारी कारोबारीका बीचमा नै आरोप र प्रत्यारोप चल्न थालेको हो । विराटनगरका सुपारी कारोबारी दिनेश राठी र प्रदीप मुरारकाले झापाका सुपारी कारोबारी प्रदीप मित्तललाई ८० करोडको हिसाब मिलाउन नसक्ने जनाउ दिएपछि सुपारी आयातकर्ता प्रदीप मित्तल कारोबारको हिसाब मिलाउन मोरङ व्यापार संघ र उद्योग संगठन मोरंगमा पुगेका हुन ।
उता उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले आपसी लेनदेनको कुरामा संगठनले केही गर्न नसक्ने जनाउ दिएका थिए भने मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले आफूले मध्यस्थता गरिदिने भन्दै केही दिन प्रतीक्षा गर्न र घटना सार्वजनिक नगर्न कारोबारी प्रदीप मित्तललाई भनेको मित्तलले बताएका थिए । सो कारण अहिले आफू ८० करोडको हिसाबका विषयमा केही नबोल्ने उनले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २४, २०८१ बुधबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार