टाट पल्टिदै हिमालयन बैंक ! वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खराब कर्जा
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १६:१६:२६
२१ वैशाख, काठमाडाैं । नेपाली बैंकिङ क्षेत्रमै खराब कर्जाको मामलामा हिमालयन बैंक अग्रस्थानमा आएको छ । २१ वाणिज्य बैंकमध्ये हिमालयन बैंकको खराब कर्जा सर्वाधिक ४ दशमलव ५६ प्रतिशत रहेको छ । गत वर्ष १ प्रतिशत पनि नरहेको खराब कर्जा अहिले करिब ५ प्रतिशत पुगेको छ ।
पहिले विदेशी लगानी भएको बैंकको हिसाबले हिमालयनलाई एभरेष्ट र नेपाल एसबिआई बैंकसँग दाँजेर हेरिन्थ्यो तर ती बैंकहरु अनुशासनमा बस्दा खराब कर्जा १ प्रतिशत भन्दा कम राख्न सफल भएका छन् । हिमालयन बैंककाे खराब कर्जा आक्रामक रुपमा वृद्धि हुनुलाई बैंकको उच्च व्यवस्थापनको नियत ठीक नभएको रूपमा प्रस्ट बुझ्न सकिन्छ । शेयरधनीको कोणबाट हेर्दा लाभांश पनि घट्दो क्रममा रहेको छ ।
त्यस्तै खराब कर्जाको लागि सतप्रतिशत प्रोभिजन नगरेको बैंक आफैले प्रकाशन गरेको तथ्याङ्कले देखाउँछ । बैंकको “लोन लस प्रोभिजन ” जम्मा ९१ प्रतिशत छ । एक वर्ष अघिसम्म बैंकको सो सूचक १९६ प्रतिशत थियो ।
त्यस्तै बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ऋणात्मक रहेको छ । यो वितरण योग्य मुनाफा हेर्दा हिमालयन बैंकका शेयरधनीलाई हास्नु की रुनु भएको छ ।
बैंकको सीडी रेसियो ९० दशमलव ५० प्रतिशत रहेको छ । यो नियामकले तोकेको ९० प्रतिशतको सिलिङ भन्दा धेरै हो । यसरी बैंकको अब व्यापार व्यवसाय विस्तार अथवा कर्जा प्रवाहमा ब्रेक लागेको छ ।
हिमालयन बैंकको सञ्चालक समितिः
हिमालयन बैंकको संचालक समितिको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ छन् भने अन्य संचालकमा हविब बैंक लिमिटेडबाट फैजल एन ललानी, सुनिलबहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ तथा व्यावसायिक विशेषज्ञको रुपमा स्वतन्त्र संचालक राधा कृष्ण पोते कार्यरत छन् ।
बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक राणा कार्यरत छन् । सीईओ राणाको यो लगातार चौथाे कार्यकाल हो । उनी बैंकका स्थायी सीईओ जस्तै हुँदा उनको पुरातनवादी कार्यशैलीलाई लिएर बैंकका कर्मचारीहरू असन्तुष्ट छन् तर अगाडि बोल्न सक्दैनन् । संस्थापक गभर्नरको छोराका नाममा उनले हिमालयन बैंकको आर्कषक सेवा सुविधायूक्त सीईओ पदलाई पुस्तौनी हक सम्झदा बैंकका अन्य शेयरधनी र कर्मचारीहरू हैरान भएका छन् ।
बैंकमा सबैभन्दा ठूलो लगानी हबिब बैंकको रहेको छ । बैंकमा पाकिस्तानको हबिब बैंकको सर्वाधिक २० प्रतिशत शेयर स्वामित्व रहेको छ भने दोश्रोमा कर्मचारी संचय कोषको १४ दशमलव ८७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासको वित्तीय प्रतिवेदनको विश्लेषण :
खुद मुनाफा :
हिमालयन बैंकले ९ महिनाको अवधिमा १ अर्ब ७३ करोड मुनाफा गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकले १ अर्ब ३९ करोड मुनाफा कमाएको थियो । समीक्षा अवधिमा मुनाफा २५ प्रतिशतले मात्र वृद्धि भएको देखिएकाे छ । याे पनि सिभिल सँग मर्जपछिकाे तथ्याङक हाे ।
बैंकको प्रतिशेयर आम्दानी लाजमर्दो छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी जम्मा १५ रुपैयाँ छ जसबाट बैंकले पुँजी अनुसार खासै केही गर्न नसकेको प्रस्ट हुन्छ ।
हिमालयन बैंकको उच्च व्यवस्थापन:
खराब कर्जाले टाट पल्टिदै बैंक :
बैंक डुब्नुको पहिलो कारण र सबैभन्दा महत्वपूर्ण कारण भनेको खराब कर्जा हो । हिमालयन बैंकको खराब कर्जा ४ दशमलव ५६ प्रतिशत रहेको छ । अत्याधिक कर्जा खराब हुने बैंकमा हिमालयन बैंक पहिलो स्थानमा रहेको छ । त्यस्तै खराब कर्जाको लागि बैंकले सतप्रतिशत प्रोभिजन नगरेको बैंकले प्रकाशन गरेको तथ्यांकले देखाउँछ। बैंकको “लोन लस प्रभिजन” जम्मा ९१ प्रतिशत छ । एक वर्ष अघिसम्म बैंकको “लोन लस प्रभिजन” १९६ प्रतिशत थियो ।
सीडी रेसियो :
बैंकको सीडी रेसियो ९० दशमलव ५० प्रतिशत रहेको छ । यो नियामकले तोकेको ९० प्रतिशतको सिलिङ भन्दा धेरै हो । यसरी बैंकको अब व्यापार व्यवसाय विस्तार अथवा कर्जा प्रवाहमा ब्रेक लागेको छ । एक वर्ष अघिसम्म सीडी रेसियो ९१ दशमलव ८१ प्रतिशत थियो ।
निक्षेप कर्जा :
असार मसान्तको तुलनामा निक्षेप संकलन ५६ दशमलव ४५ प्रतिशत वृद्धि हुँदै २ खर्ब ६३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ६१ दशमलव ३३ प्रतिशतले वृद्धि हुँदै २ खर्ब ३७ अर्ब पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
बस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार