कारागारमा रेशम चौधरीसँग विप्लवको राजनीतिक भेट
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १५:७:२४
२१ वेशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजद्रो र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी कारागारमै पुगेर भेट गरेका छन् ।
२०७२ साउन ७ मा कैलालीको टिकापुरमा भएको आगजनी र हत्या काण्डमा उनी ६ वर्षदेखि डिल्लीबजार जेलमा छन् । जेलमै रहेका बेला उनकै पहलमा गठित नाउपाले स्थानीय र संघ÷प्रदेश चुनावमा उल्लेख सफलता पाएको छ ।
विप्लवले जेलमा पुगेर देशको विद्यमान समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेका छन् । भेटका क्रममा नाउपाका संरक्षक समेत रहेका चौधरीले आफूमाथि राज्यबाट अन्याय भएको र राजनीतिक अधिकारको संघर्षमा सत्तामा पुगेका दलहरुले प्रतिशोधको व्यवहार गरेको भन्दै गुनासाे सुनाएका थिए ।
उनले सत्तामा रहेका राजनीतिक पार्टीहरुको गलत प्रवृत्ति र जनविरोधी नीतिका कारण देश चौतर्फी संकटमा पर्दै गएको बताएको छलफलमा सहभागी नेकपाका एक नेताले बताए । चौधरीले अहिले जनताले वर्तमान राजनीतिमा विकल्प खोजिरहेको र त्यसमा नेकपाले पहल गरेको देख्दा खुशी लागेको बताएका थिए ।
छलफलमा महासचिव विप्लवले चौधरीमाथिको राज्यको रवैया गैरन्यायिक भएको , नेपाल कम्युनिस्ट पार्टीले उनको रिहाईका लागि पहल गर्ने आश्वसन दिएका थिए । भेटमा नेकपा र नाउपाबीच मिल्ने विषयमा साझा कार्यक्रम बनाएर अगाडि बढ्नेबारे पनि छलफल भएको थियो ।
नेकपा निर्वाचन आयोगमा दर्ता नगरी राजनीतिक गतिविधि गर्दै आइरहेको छ । सोही कारण उनको गतिविधिलाई लिएर तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ चैत २८ गतेदेखि २०७८ फागुन २१ गतेसम्म प्रतिबन्ध लगाएको थियो । सो क्रममा राज्यबाट एक सुरक्षाकर्मीसहित २ र नेकपाका १३ जनाले ज्यान गुमाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार