दलको जरो भ्रष्टाचारमा ! राज्यसंयन्त्र नै संलग्न भ्रष्टाचारीलाई कारबाही गर्न प्रहरी र अदालत सफल होलान् ?
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार ९:३२:१७
नेपालका सबै दलहरूले भ्रष्टाचार विकास र सम्बृद्धिको बाधक हो, अब हामीले भ्रष्टाचाररहित शासन जनताको हातमा थमाउँछौँ भन्दै आएका छन् । भ्रष्टाचारका घटना, तिनको छानबिन र कारबाही हेर्ने हो भने शासन सत्तामा पुग्ने वा सत्ताका वरिपरि रहने दलहरु ठूलठूला भ्रष्टाचारका काण्डको दलदलमा चुर्लुम्म डुबेको स्पष्ट हुन्छ । छानबिन र कारबाहीमा भने दलका उच्च तहका नेताहरू नै बाधक देखिएका छन् । भ्रष्टाचारलाई निरुत्साहित होइन संरक्षण गर्ने गरेका छन् । पछिल्लो समय नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठूलो रकम असुल्ने गिरोह चलाउने, सहयोगी बन्ने तथा छानबिनर्लाइ निस्तेज पार्न प्रयास गर्नेमा ठूला दलका नेताहरू नै देखिएका छन् ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा गृहमन्त्रालयको सबै संयन्त्र संलग्न भएको स्पष्ट भएको छ । अझ विकासको नारा उछाल्ने तथा भ्रष्टाचार निर्मूल पार्छु भन्ने पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीको भ्रष्टाचारीप्रतिको व्यवहार चकित पार्ने खालको देखिएको छ । कतिपय अवस्थामा अघिल्लो गठबन्धन सरकारका गृहमन्त्रीको भूमिका पनि यो प्रकरणमा संलग्न भएर अनदेखा गरेका हुन् कि भन्ने आशंका उब्जाएको छ । प्रहरीले छानबिन अगाडि बढाएको यो प्रकरणमा प्रधानमन्त्री तथा गृहमन्त्रीले कस्तो भूमिका खेल्ने हुन् त्यसले परिणाम देखाउने नै छ ।
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको काण्ड बाहिरिएपछि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कसैले पनि भ्रष्टाचार गर्दैन, गर्ने एमाले होइन भने । उच्च पदस्थ कर्मचारी तथा अन्य व्यक्तिका साथै एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रक्राउको वारेन्ट जारी भएपछि ओलीले पटक—पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेका बहालवाला सांसदलाई बाटाबाटै हत्कडी लगाउनु अनावश्यक भने । उनले यसो भनेर कतै अहिलेको सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको हो कि भन्ने छनक जनतामा पार्न खोजे । त्यसले काम नगर्ने ठानेर बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यसमा निर्दोष पर्नु हुँदैन तर दोषी छुट्नु हुँदैन भनेका छन् । आफैंमा यो भनाइ सही लागे पनि पहिलेका भनाइका कलेवरमा यो भनाइमा पनि कुनै न कुनै रुपमा रायमाझी र उनीजस्तै अरु उच्च पदस्थ तानिएमा बालुवाटार जग्गा काण्डजस्तै जोगाउनुपर्छ भन्ने आसय नै देखिन्छ । पूरै राज्य संयन्त्र नै लागेर खर्बौंकाे काण्ड उनै भ्रष्टाचारविरोधी हुँ भन्ने शीर्ष नेता प्रधानमन्त्री भएका बेला मौलाउनु सामान्य घटना होइन । प्रहरीले रायमाझी फरार भएपछि अरु उच्च व्यक्तिलाई पक्राउ आदेशको पुर्जी थमाएको छैन । डर के बढाएको छ भने एमाले, कांग्रेस, माओवादी तथा अन्य दलका शीर्ष नेताको मुख्य घेरा (कोर टिम) मा रहेका व्यक्तिहरु नै तानिने डरले प्रहीले हिम्मत गरेर दह्रो अनुसन्धान गरेर अघि बढाएको काण्ड पनि नोहरुको चलखेल, आश्वासन, डर, धम्कीले कतै रोकिने त होइन ?
पछिल्लो समय सर्वसाधारण जनताले पहिले प्रजातन्त्र तथा लोकतन्त्र स्थापना गर्न संघर्ष गरेका भए पनि ठूला दल तथा तिनका नेताप्रति सम्मान नदेखाउने, आक्रोश देखाउने, उनीहरुका कुरामा विश्वास नगर्ने यी नेताहरुको यस्तै फोहोरी क्रियाकलापले नै हो । नेताहरुले भाषणमा हामी भ्रष्टाचार हटाउँछौं, सुशासन दिन्छौं, ंदेशलाई सम्बृद्धिको बाटोमा लैजान्छौं भन्ने तर राष्ट्र र जनता हार्ने कयौं काण्डहरु मच्चाउने गरेका छन् । सुडान घोटाला काण्ड बाहिर आयो, सरकारमा रहेर मन्त्री भएका वा बाहिरका कयौं नेता संलग्न भएकोमा ती सबैलाई उन्मुक्ति दिइयो । त्यत्रो ठूलो सरकार र त्यस वरिपरि रहेका नेताहरुको संलग्नता स्पष्ट भएको बालुवाटार जग्गा काण्ड सार्वजनिक भयो तर नेताहरुलाई विभिन्न नाममा उन्मुक्ति दिइयो । कोरोनाको महामारीका बेला जनताका लागि औषधि र उपकरण खरिदमा ठूलो घोटाला भयो । जसलाई ओम्नी काण्ड भनिन्छ । ओम्नी समूहलाई उपयोग गरेर ठूलो घोटाला मच्चाइयो । तत्कालीन प्रधानमन्त्री ओली नै बचाउमा लागे । मन्त्रीहरुलाई सफाइ दिइयो । सेक्युरिटी प्रेसदेखि अन्य कयौं घोटाला भए, कसैलाई कारबाही भएन । हुन त अहिले प्रहरीले विस्तृत अनुसन्धान गरेर यथार्थ विवरण तयार गरेको बताइएको छ । अहिलेका गृहमन्त्री र समग्र प्रहरी संयन्त्र नै दह्रोसँग लागेकाले यो घटना पक्कै पनि टुंगोमा पुग्ला कि भन्ने आशा गर्न सकिन्छ । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले यसलाई कसरी लिन्छन् त्यसमा यसको अवस्थामा भर पर्छ ।
हुन त नीतिगत भ्रष्टाचार यस्तै गरी हुने हुन् तर यो काण्ड सबैभन्दा विकसित र खतरनाक नीतिगत भ्रष्टाचार हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई दलालीका लाइनमा सबैभन्दा माथि उभिने, अर्का पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा, तत्कालीन गृहमन्त्रीका छोरासहित गृहसचिव नै संलग्न भएर मच्चाएको भ्रष्टाचार काण्ड सामान्य होइन । अरु दलालहरुले यी सबैसँग सहकार्य गरेर नीतिगत रुपमा बलियो बन्दै अघि बढाएको यति ठूलो काण्ड पछिल्लो सम्पूर्ण राज्य संयन्त्र नै दलालीमा फस्दै गएको ज्वलन्त प्रमाण हो । यस्तो काण्ड गृहमन्त्रालयमा चलिरहेको छ तत्कालीन प्रहरी संयन्त्र, सीआईबी, अख्तियार तथा अन्य राज्य संयन्त्रले थाहा नपाउनु वा देखेको नदेख्यै गर्नु राष्ट्रप्रति नै घात हो । त्यस्तै नेकपा विघटनपछि बनेको देउवा नेतृत्वको गठबन्धनको सरकारका गृहमन्त्री बालकृष्ण खाँडले पनि यो घटना थाहा पाएनन् ।
अर्थात् सायद यिनको पनि नीतिगत रुपमा समर्थन रह्यो । यदि पीडितको धैर्य नटुटेको भए प्रकरणलाई कति तन्काएर लैजान्थे होला अनुमान गर्न गाह्रो छ । अब यो प्रकरण कसरी अगाडि बढ्छ ? मुद्दा कसरी चल्छ ? राजनीतिक क्षेत्रबाट कस्ता छली उपाय अपनाइने हो सबैको निगरानी सञ्चार क्षेत्र, स्वतन्त्र बौद्धिक जगत, सर्वसाधारण नागरिक चनाखो बनिरहनुपर्छ । यो घटना टुंगोमा पुग्न सक्यो भने अनुसन्धान गर्ने प्रहरीदेखि केही गर्नुपर्छ भन्ने राजनीतिक क्षेत्रको मनोबल पनि बढ्न जाने छ । होइन, यसप्रति यी क्षेत्रको बेवास्ता भयो भने भ्रष्ट राजनीतिकर्मीहरु र दलालहरुको मनोबल ह्वात्तै बढेर जानेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १५, २०८१ शनिबार
राष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार