दही बेचेरै मासिक ५० हजार आम्दानी
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १४:३०:७
२५ वैशाख, घोराही । देउखुरी क्षेत्रका किसानले उत्पादन गरेको दही बिक्री गर्न घोराही, तुल्सीपुर, लमही, भालुवाङलगायत बजारसम्म पुग्ने गर्दछन् । भैँसी पालन व्यवसाय गर्दै आएका अधिकांश यहाँका किसानले यसरी नै आफनो जीविकोपार्जन गर्दै आएका हुन् । राजपुर गाउँपालिका–३ खरदरियाका हरिप्रसाद यादवको दिन पनि भैँसी पालन व्यवसायमै बित्ने गरेको छ ।
छयालीस वर्षीय उनी बेलुकाको दूधबाट दही बनाएर विभिन्न ठाउँमा बिक्री गर्न जाने र प्रतिलिटर रु ९० सम्म बेच्ने गरेको बताउछन् । आफूले उत्पादन गरेको दही सबैले रुचाउने भएकाले बिक्री गर्न समस्या नहुने यादवको भनाइ छ । दैनिक २० लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक रु ५० हजारसम्म आम्दानी उनी बताउछन्।
“गाउँमा सबैको घरमा भैँसी हुन्छन् । त्यसैले गाउँमा दही बिक्री हुँदैन”, यादव भन्छन,“राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेको छु । बजारमा दही राम्रो बिक्री हुने गरेको छ ।”
बजारमा पु¥यायो भने दहीको भाउ राम्रो आउने भएकाले पनि राजपुरका अधिकांश पशुपालक किसान घोराही, लमही, भालुवाङसम्म पुग्ने गरेका छन् । यसरी कमाइएको पैसाले छोराछोरीको पढाइखर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादव बताउछन् ।
देउखुरीको बजार सानो भएको र गाउँमा दही बिक्री नहुँदा दिनहुँ राजपुरबाट घोराहीसम्म दही बिक्रीका लागि आउने गरेको उनको भनाइ छ । यादव मात्रै होइन देउखुरी र राजपुर क्षेत्रमा उत्पादित दही बिक्रीका लागि देउखुरीको गढवा, लमही र भालुवाङ बजारसँगै दाङ घोराही र तुलसीपुरसम्म आउने गरेका छन् । देउखुरीका तुलनामा घोराही र तुलसीपुरमा दहीको बढी माग हुने गरेको छ। व्यावसायिक भैँसीपालनका लागि जिल्लामै पकेट क्षेत्रका रुपमा रहेको खरदरियाका अधिकासं बासिन्दाले दुईदेखि १० वटासम्म भैसी पाल्न गरेका छन् ।
राजपुर गाउँपालिका–३ खरदरीयामा मात्रै भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आवद्ध छन् । किसानहरुले भैँसीको दूध डेरीले ल्याउने गरेको छ । डेरी घरमै गएर कम मूल्यमा दूध किन्ने गरेकाले केही किसानले भने दही तथा दूध बिक्रीका लागि जिल्लाका विभिन्न बजारसम्म पुग्ने गरेको खरदरियाका अर्का किसान देवप्रसाद यादव बताउछन ।
“भैँसीको दूध तथा दही गाउँबाटै डेरीले लग्ने गरेका छन् । बिक्रीका लागि कुनै समस्या छैन,” उनी भन्छन्, “ तर आफै बजारसम्म लगेर बिक्री गर्दा डेरीवालाले लग्नेभन्दा केही रुपैया महँगोमा बिक्री गर्न सकिन्छ।” दही व्यावसायिकरुपमा जिल्लाका विभिन्न ठाउँमा भैँसीपालन गरिए पनि देउखुरीको राजपुर गाउँपालिकाअन्तर्गत रहेको खरदरिया गाउँ भने भैँसी पालन पकेट क्षेत्रका रुपमा विस्तार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयी मन्त्रले अफिसको तनावपूर्ण अवस्थाबाट तत्काल राहत दिन्छ
बैशाख २५, २०८१ मंगलबार
अभिभावकत्वका लागि यी ७ कुरा महत्वपूर्ण
बैशाख २४, २०८१ सोमबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
पार्टी विभाजनबारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै
बैशाख २६, २०८१ बुधबार
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नुहँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
कालीकोटका किसानलाई गोठालो भत्ता !
बैशाख २६, २०८१ बुधबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी कर्णेल पक्राउ
बैशाख २६, २०८१ बुधबार