पर्सा र बर्दियाबाट लागुऔषधसहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १६:७:४२
२५ वैशाख, काठमाडौ । पर्सा र बर्दियाबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका-१६ बसपार्कबाट अवैध लागुऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित दुईजनालाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका-४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेको उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलीग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने २३ वर्षीय खिम बहादुर विक र सोही ठाउँ बस्ने २० वर्षीय शिवा थारु रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार