नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता आदान–प्रदान हुने
इन्द्र रिजाल
चैत २६, २०७५ मंगलबार १९:१५:३५
काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रधुम्न पोखरेलले चैत्र २५ गते हस्ताक्षर गरेका छन् ।
उक्त सम्झोैतापत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्नो सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई NBI Mobile App बारे ज्ञान दिलाई आ –आफ्ना ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछन् ।
साथै बैंकले एनबीआई एपमार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विधाथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबीआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन पनि गरिदिनेछ ।
यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने दावी बैंकको छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबीआई मोबाईल एपको प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात विश्वास लिइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार