यो व्यवस्था रहँदासम्म समृद्धि संभव छैन : साह
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १२:३५:५७
२६ वैशाख, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले अहिलेकै व्यवस्था कायम रहँदासम्म देश र जनताले समृद्धि हासिल गर्न नसक्ने ठोकुवा गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै बैंकको ९० प्रतिशत लगानी कृषि क्षेत्रभन्दा बाहिर भएको भन्दै किसानको उद्धार नभएसम्म देशको आर्थिक अवस्था उकास्न नसक्ने बताए । उनले यही व्यवस्थाका कारण किसानलाई बैंक लगानी र बजेट पुग्न नसकेको बताउँदै व्यवस्था कायम रहेसम्म किसान वा जनताले सही नेतृत्व चयन नसक्ने जिकिर गरे ।
सही नेतृत्व चयन गर्ने अधिकार जनतालाई दिन, विकास कार्यक्रमलाई श्रमजीवि वर्गसम्म पुर्याउन र भ्रष्टाचारलाई निर्मूल पार्न व्यवस्था परिवर्तनको विकल्प नरहेको बताए । वर्तमान व्यवस्थाबाट किसानलाई केके सुविधा दिन सक्छौं भन्नेबारे छलफल गर्न तयार छ भन्ने प्रश्नन गरे ।
अर्थमन्त्री प्रकाशशरण महतले आइतबार पेस गरेको ‘आगामी बजेटको सिद्धान्त र प्राथमिकता’माथि टिप्पणी गर्दै सांसद साहले भने, ‘के हामी किसानलाई कार्ड वितरण गर्न तयार छौं, के हामी बैंकको लगानीको ५० प्रतिशत कृषिमा दिन तयार छौं ।’
उनले वर्तमान राज्यप्रणालीमा परिवर्तन नगरेसम्म समृद्धिको कल्पना गर्नु व्यर्थ हुने बताए । राजनीतिक नेतृत्वको सक्रियता र हिमचिमले नक्कली भूटानी शरणार्थी प्रकरण सही विन्दूमा पुगेर टुंगिनेमा आशंका व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार