कुटनीतिक दवावपछि छलफलमा बसे तीन नेता, अब कसरी जान्छ नक्कली शरणार्थी बनाई ठगेको विषय ?
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १५:१:५
२६ वैशाख, काठमाडौं । समसामयिक राजनीतिक र संसदमा विचाराधीन रहेका विधेयकमाथि छलफल भएको भनिए पनि नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सघाएको र यस बापत करोडौं रकम लिएको विषयमा भइरहेको अनुसन्धानबारे प्रमुख दलका तीन नेताले मंगलबार गहन रुपमा छलफल गरेका छन् । उनीहरूबीच भएको छलफलको मूल विषय अहिलेसम्म बाहिर आएको छैन ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलबारे तीन नेताले कुनै प्रतिक्रिया नदिए पनि शरणार्थी बनाएर ठगी गरेको मुद्दाका विषयमा छलफल भएको स्रोतको भनाइ छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू नै जोडिएका समाचारहरू सार्वजनिक भएपछि अमेरिका लगायतका देशले प्रधानमन्त्रीसँग जवाफ मागेपछि उनीहरुबीच छलफल भएको हो ।
प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार नेपाल स्थित अमेरिकी दूतावासले नक्कली शरणार्थी बनाएर अमेरिका पठाएको विषयमा भइरहेको अनुसन्धान र संलग्न रहेका नेताहरूमाथि हुने कारबाहीबारे प्रश्न उठाएपछि अब यो विषयलाई कसरी अगाडि बढाउने, सरकारले कस्तो कदम चाल्ने र अमेरिकालाई के जवाफ दिने भन्ने बारे साझा राय बनाउनका लागि प्रधानमन्त्रीले सभापति देउवा र अध्यक्ष ओलीलाई मंगलबार बिहान बालुवाटारमा बोलाएका थिए । अमेरिकी दूतावासले राखेको जिज्ञासाको विषयमा सोमबार राती पनि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई फोनमार्फत पनि जानकारी गराएका थिए ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाएको विषयले अमेरिकी सदनमा पनि प्रवेश पाएको छ । स्रोतले भन्यो अमेरिका नेपालले यो विषयलाई अगाडि बढाउन चाहेको छ वा यतिकैमा थामथुम बनाउने रणनीतिमा छ भन्ने कुराको जवाफ नेपालबाट खोजिरहेको छ । नक्कली शरणार्थी प्रकरण सतहमा आएपछि प्रधानमन्त्रीसँग कूटनीतिक निकायले पनि प्रश्न उठाएका छन् । कूटनीतिक र दातृ निकायले नेपालको यो प्रसंगले आगामी दिनमा नेपालमाथि दिइँदै आएको सहयोगका विषयमा अन्य देशहरूले चासो राख्ने भएकाले पनि उनीहरूले सरकारको जवाफ खोजेका छन् ।
यिनै विषय छलफलका लागि प्रधानमन्त्रीले दुई नेतालाई बोलाएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । यद्यपि प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने विधेयकबारे मात्र छलफल भएको जानकारी दिएका छन् । नेपालस्थित कूटनीतिक नियोगले नेपाली कांग्रेस र नेकपा एमालेबाट पनि यो प्रकरणबारे जिज्ञासा राखेका छन् । तर, तीन नेताको छलफलको निचोड के आयो र प्रधानमन्त्रीले के जवाफ दिन्छ भन्ने कुरा बाहिर आएको छैन । ठगीका विषयमा अमेरिकी दूतावासले चासो राखेपछि प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीका महानिरीक्षककाे अमेरिका भ्रमण पनि रुद्ध गराएका थिए ।
कूटनीतिक तहबाट मात्र हैन नेपालमै पनि यो ठगी प्रकरणमा मुछिएका नेता र अनुसन्धानको विषयमा अब के हुन्छ भन्ने जवाफ जनताले दलहरूसँग मागिरहेका छन् । एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी बनाएर ठगी गर्ने माथि भइरहेको अनुसन्धानमा आफ्नो पक्षका नेताहरूको बचाउन गर्ने र अरू दललाई उक्साउने भन्दा अरू केही बोलेका छैनन् । कांग्रेस सभापति देउवाले त यो विषयमा मुखसमेत खोलेका छैनन् । ओलीले प्रधानमन्त्रीले एमाले नेताहरूलाई फसाउन र अरूलाई उम्काउन खोजेको आरोप मात्र लगाएका छन् । सोमबार पार्टीसम्वद्ध राष्ट्रिय युवा संघको बैठकमा ओलीले करिब ४५ मिनेट सम्बोधन गर्दा भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्रीमाथि निरन्तर प्रश्न उठाएका थिए ।
यति ठूलो प्रकरणमा नाम जोडिएका आफ्ना सांसदहरुका बारेमा कांग्रेसले बोलेको छैन । आफ्नो पार्टीका सचिव समेत रहेका सांसद, पूर्व उपप्रधानमन्त्री लगायतबारे उठेका गम्भीर अभियोगबारे एमालेले कुनै संस्थागत जवाफ पनि दिएको छैन । सुशासनको नारा दिनेहरूले आफ्नो दलभित्रका पात्रहरू, उनीहरूले भोगिरहेको जीवनशैली आदि विषयमा आफैं अघि सरेर छानबिन र अनुगमन गर्नुपर्ने हो । तर, दुवै दल चुप छन संस्थागत विचार आएको छैन । कूटनीतिक दवाव बढेपछि नेताहरू यो प्रकरणमाथि भइरहेको अनुसन्धानबारे मंगलबार छलफलमा भने जुटपनि यसको निचोड भने आएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार