प्रदीप पौडेलको प्रश्न : ‘सरकारको काम काठमाडौंका पिच सडक भत्काउने मात्रै हो ?’
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १५:२६:८
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौंका अधिकांश पिच सडक वर्षमा ४ पटकसम्म भत्काउने गरिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले काठमाडौंका धेरैजसो सडक अलपत्र रहेको र पिच भएका पनि पटकपटक भत्काउने काम भएको बताए ।
खानेपानीका पाइप बिछ्याउने, बिजुलीका तार भूमिगत गर्ने त कहिले ढल व्यवस्थापनको नाममा सडक बारम्बार भत्काउने गरिएको भन्दै उनले भत्काएर अलपत्र छाड्नेलाई कारवाही गर्न माग गरे । बर्खाको समय सुरु हुँदा अलपत्र छाडिएका सडकका कारण यातायात मात्र भई मानिस आवतजावतमा समस्या परेको बताए । बर्खाअघि नै ती सडक मर्मत गरिसक्न सरकारको ध्यानाकर्षण गराए ।
उनले सडकसम्बन्धी काम सरकारका निकायहरुबीच समन्वय नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेको र सरकारप्रति वितृष्ण पैदा भएको बताए ।
यस्तै सडकका फुटपाथमा सामान थुपारेर मान्छे हिँडन समेत अप्ठ्यारो पार्ने र अस्तव्यस्त बनाइएकोबारे सम्बन्धित निकायको ध्यानाकर्षणा गराउँदै सामान राख्नेलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।
‘सरकारको काम कतै बनाउँदै नबनाउने, कतै बनाएकालाई अलपत्र छाडिदिने हो कि विकासका कामलाई व्यवस्थित पनि बनाउने हो ?’ उनले प्रश्न गरे । सडकसम्बन्धी काममा स्थानीय तह, प्रदेश र केन्द्र सरकारले समन्वयमा मात्र गर्न उनले आग्रह गरे ।
साथै, कुनैपनि निकायले आफ्नो काम छिटो सकेर सकडलाई चुस्तदुरुस्त राख्ने कामबाट पछि नहटन उनले ध्यानाकर्षण गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार