मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन !
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १२:२:५८
♦ खड्क सुनार
२७ वैशाख, मुगु । कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागिरकहरु स्वास्थ्य क्षेत्र बञ्चित हुँदै आइरहेका छन् । विगतका वर्षहरुमा रोग र भोगले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि सेवा समेत पाउन तड्पिनुपरेको छ ।
सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको सुन्दै आए पनि अहिले भने जिल्ला अस्पताल मुगुमा औषधि किन्ने पैसा छैन । नेपाल सरकार बाट ९८ प्रकारका ओैषधि निःशुल्क रुपमा वितरण गरे पनि मुगाली नागिरक र अस्पतालमै यी ओैषधिकै अभाव रहेको छ । दर्जनौँ प्रकारका औषधि अभाव भइरहुँदा अस्पतालसँग भने औषधि किन्ने पैसा नै नभएको जिल्ला अस्पताल मुगुले जनाएको छ ।
‘गत वर्ष औषधि खरिदको लागि छुट्याइएको १० लाख रुपैयाँ गत कात्तिक महिनासम्म पुग्यो । तर, अहिले औषधि खरिद गर्ने पैसा छैन,’ निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक भुवन पुरीले भने,’ अस्पतालमा औषधि नहुँदा कतिपय बिरामीलाई सेवा दिनै सकिँदैन । औषधि खरिदको लागि विभिन्न निकाय तथा सामाजिक विकास मन्त्रालयसँग पहल गर्दा पनि सुनुवाई भएन ।’
नेपाल सरकार राष्ट्रिय बिमा बोडले बिमा गरेका बिमितहरुलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको छ । उपचारबापत पाउने रकम हालसम्म निकासा नगर्दा ओैषधि अभाव देखिएको र मासिक रुपमा चार लाख खर्च हुने गरेको प्रमुख पुरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार