पूर्वगृहमन्त्री खाँणलाई ‘संगठित अपराध’ कसुरमा अनुसन्धानका लागि म्याद लिइँँदै
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १२:३१:४५
२७ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि बुधबार बिहान निवासबाटै पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद लिन काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ ।
पक्राउ परेका अभियुक्तहरूको बयानले प्रकरणमा खाँणको संलग्नता बलियो रहेको पाइएपछि सम्पर्कविहीन हुने वा समर्थकहरूको भीड बढ्ने संभावना बढेपछि काठमाडौं प्रहरी परिसरले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर आज बिहानै पक्राउ गरेको थियो ।
पक्राउपछि परिसर पुर्याइएका खाणलाई आवश्यक अनुसन्धानका लागि म्याद लिन आजै अदालतमा पेस गर्ने तयारी गरेको हो । उनीविरूद्ध ‘संगठित अपराध. र ‘ठगी’ कसुरमा अनुसन्धान गर्न म्याद लिइने भएकाे छ ।
मुलुकी अपराध संहिता २०७४ ले पक्राउ गरिएका अभियुक्तलाई पक्राउको २४ घण्टाभित्र पक्राउका कारण र अभियोजनसहित अदालतमा उपस्थित गराउनुपर्ने व्यवस्था गरेको छ । म्याद लिएपछि उनलाई प्रहरी हिरासतमा राखेर अभियोग कसुरमा बयान लिने क्रम सुरु हुनेछ ।
अघिपछि ढाका वा भादगाउँले टोपी वा बिना टोपी देखिने खाँणले आज ‘क्याप’ लगाएका छन् ।
प्रकरणमा उनकी धर्मपत्नी मञ्जु खाँण र कांग्रेस सभापति शेरबहादुर पत्नी आरजु राणा समेत मुछिएका छन् । उनीहरू दुवै जना बहालवाला सांसद हुन् । उनीहरूमाथि पनि रेकी जारी राखिएकाे बताइन्छ ।
अभियुक्त बालकृष्ण भने गएको मंसिर ४ को आमनिर्वाचनमा रुपन्देहीबाट एमालको उम्मेदवारसँग पराजित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभन्सार छलेर सामान ल्याउने पिकअप भ्यानसहित चालक पक्राउ
पुष १८, २०८१ बिहिबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार